एईई परीक्षाको मिति शिघ्र तय गर्न सिडिओलाई परीक्षार्थीहरुको ज्ञापन
देशभरिकै एसईई परीक्षा स्थगित भएपछि परीक्षार्थीहरु निरन्तर आन्दोलनमा रहेका छन् ।

२०७५ चैत १७ आइतबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एसईई परीक्षा रद्द तथा अन्य विषयहरुको परीक्षा मिति तय नभएको भन्दै विद्यार्थीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
एसईई परीक्षार्थीहरुको एक टोलीले आईतबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेललाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै स्थागित गरिएको विषयहरुको परीक्षा मिति शिघ्र तय गर्नुपर्ने माग अघि सारेका छन् । उनीहरुले अन्य प्रदेशका परीक्षार्थीहरुको परीक्षा समाप्त हुन लाग्दा पनि प्रदेश नं. २ मा भने प्रश्नपत्र आउट भएको भन्दै स्थगित गरिएकोले आफूहरुलाई अगाडी पढन ढिलाई हुने भन्दै उनीहरुले सिडीओ कणेललाई ध्यानाकर्षण गराएका छन् ।
परीक्षार्थीहरुले केही दिनमै ब्रीज कोर्स लगायतका अन्य पठनपाठनको लागि भर्ना खुल्ने भएकोले आफूहरु ढिलो हुने र अगाडीको पढाईको लागि समस्या हुने दुःखेसो पोख्दै अति शिघ्र नै परीक्षाको मिति तय गर्न आग्रह गरेका छन् । उनीहरुले रद्द गरिएको मात्र विज्ञान विषयको परीक्षा चैत्त २२ गतेको लागि सारिएपनि अन्य बाँकी विषयहरुको परीक्षा मिति अझ तय नगरिएको भन्दै तत्कालै मिति घोषणा गर्न माग गरेका छन् ।
परीक्षार्थीहरु सहित उनका सहयोगी आदित्य नेपाल, मनोहर कुमार, मोफिजुल राइन, श्याम राउत लगायतकाले सहजीकरण गरेका थिए । प्रदेशभरिकै एसईई परीक्षा स्थगित भएपछि परीक्षार्थीहरु निरन्तर आन्दोलनमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…