पीडित परीक्षार्थीलाई प्रहरीले घेरा हालेर कुटे !
न्यूज ब्यूरो, सिरहा । आफ्नो परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरुले नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडी विरोध गरेका एक परीक्षार्थीलार्ए प्रहरीले घेरा हालेर कुटपिट गरेका छन् । परीक्षा रद्द तथा समाजिक विषयको परीक्षा स्थगित भएपछि आक्रोसित भएका परीक्षार्थीहरुले जिल्ला प्रशासन कार्यालय सिरहा

२०७५ चैत १५ शुक्रबार, दिउँसो २:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आफ्नो परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरुले नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडी विरोध गरेका एक परीक्षार्थीलार्ए प्रहरीले घेरा हालेर कुटपिट गरेका छन् ।
परीक्षा रद्द तथा समाजिक विषयको परीक्षा स्थगित भएपछि आक्रोसित भएका परीक्षार्थीहरुले जिल्ला प्रशासन कार्यालय सिरहा अगाडी नारावाजी गर्दै विरोध जनाएका थिए । विरोध जनाउनेमध्ये एक थिए आशुतोष विक, उनलाई प्रहरीले घेरा हालेर निर्मम तवरले कुटपिट गरेको पीडित विद्यार्थीले गुनासो पोखेका छन् । पाँच जनासँग प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले छलफल गरेका थिए । छलफलमा आशुतोष पनि सहभागि थिए ।
प्रमुख जिल्ला अधिकारीसँग छलफल सकेर घर फकिर्दै गर्दा आशुतोषलाई चार जना प्रहरीले घेरा हालेर सलहेश मार्गमा कुटपिट गरेको छ । तथानाम गाली गर्दै प्रहरीले आफूलाई कुटपिट गरेको आशुतोषको भनाई छ । बाँया हातमा प्रहरीको लाठीले हिर्काएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…