जनकपुरका एक सव ईन्जिनीयरलाई कालोमोसो
सेवाग्राहीसित पनि थप रकम नदिए नक्सा पास नगर्ने भएपछि हामी यस्तो गर्न बाध्य भयौँ ।

२०७५ चैत १५ शुक्रबार, बिहान ११:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका सव ईन्जिनीयरलाई युवाहरुको एक जमातले कालोमोसो दलेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाको कार्यालय महेन्द्रनगरमा कार्यरत सव ईन्जिनीयर राजा साहलाई एक कन्सल्टेन्सी सँचालकले नियम विपरित कार्य गरेको भन्दै कालोमोसो स्वरुप हरियो रंग दलेर विरोध जनाएका थिए । सेवाग्राहीसंग घुस मागेको भन्दै यीनीहरुले विरोध जनाउँदै कालोमोसो दलेको दाबी गरेका छन् ।
महेन्द्रनगर स्थित रहेको कृष्णा कन्सल्टेन्सी, टिएन्डी ईन्जियरिँग कन्सल्टेन्सी, लक्की ईन्जिनीयरिंग कन्सल्टेन्सी, डिजाइनर पार्क र जानकी ईन्जिनीयरिंग कन्सल्टेन्सीका सँचालहरुले सव ईन्जिनीयर साहले कालोमोसो दलेको बताइएको छ । टि एण्ड डी ईन्जिनीयरिँग कन्सल्टेन्सीका सँचालक दीलिप यादवले जनाए अनुसार सव ईन्जिनीयर साहले कन्सल्टेन्सी सँचालकबाट कमिशन तथा सेवाग्राहीबाट समेत घुस नलिइकन काम नगरेको भन्दै विरोध जनाउँदै कालोमोसो स्वरुप तत्कालै रंग हालेको बताए ।
कन्सलटेन्सी संचालकका अनुसार नगरपालिकामा लागु भएको वस्ती विकास मापदण्डलाई मिचेर आफुखुसी नगरपालिकामा पेश भएका विभिन्न नक्साहरुको फाइलमा मनमानी तवरले नियम लगाई सेवा ग्राहीहरुलाई दुःख दिइ त्यस सेवा ग्राहीबाट विभिन्न वहाना लगाई अवैद्य रकम लिएको प्रमाण भेटाएपछि कालोमोसो दलेको बताए ।
उनले भने, - "हामीहरुको पनि बिजनेस व्यापार छ र विधानमै पनि उदेश्यमा त्यही कुराहरु समाहित भएको छ । एउटा सरकारी कर्मचारीले अफिसमा बसेर नक्सा बनाउने नियम छैन, प्रावधान छैन, तर पनि उनले हामीहरुको काम खोसेर आफू नै बाहिर बसेर नक्सा बनाउँदै गुनासो बढेको थियो । सव इन्जिनीयर साह हामीबाट पनि कमिशन लिन्थ्यो भने सेवाग्राहीसित पनि थप रकम नदिए नक्सा पास नगर्ने भएपछि हामी यस्तो गर्न बाध्य भयौँ ।"
करिब २० दिनदेखि त्यही प्रावधानको फाईलहरु लिएर निवेदन साथ नगरपालिकाका मेयर , प्रमुख प्रशासकीय अधिकृत सहित अन्य सरोकारबालाहरु समक्ष यस विषयमा जानकारी गराएपनि कुनै सुनुवाई नभएपछि उनलाई कालोमोसो दल्न बाध्य भएको बताए । मेयर योगेन्द्र पंजियार, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रदेव यादव लगायतले आफूहरुको निवेदनको वेवास्ता गर्दै आएकोले हामी मिलेर सव ईन्जिीनीयरलाई कालोमोसो स्वरुप रंग दलेको बताए ।
उनले आफूहरुको कालोमोसो दल्ने कुनै योजना नरहेको तथा साहको कुरा सुनेपछि आक्रोसित भएर तत्कालै कालोमोसो नै नभएपछि कालोमोसो स्वरुप रंग दलेको बताए । यता, सव ईन्जिनीयर राजा साहले आफूलाई रंग दलेको स्वीकार गर्दै आफूलाई पनि कमिशन दिने गरेको स्वीकार गरे । उनले कन्सल्टेन्सीबालाहरुको व्यक्तिगत व्यापार र स्वार्थको कारण आफूसित यस्तो दुरव्यवहार गरेको जनाउँदै यस विरुद्ध कानुनी प्रक्रियामा गईसकेको प्रतिक्रिया दिए ।
यसका साथै, कन्सल्टेन्सी सँचालक दिलिप यादवले भने घुस मागेको भिडियो, कमिशनको बारेमा कुरा गरेको अडियो रेकर्ड आफूसित सुरक्षित राखेको दाबी गरे । यसको पुष्टि भने हुन सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…