सिरहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ ठहरै, १ घाईते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालकको मृत्यु हो ।

२०७५ चैत १४ बिहीबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्याक्टरमा मोटरसाईकल ठोक्किदा १ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गएराति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो ।
बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो. इरफान शेख घाइते भएका छन् ।
घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको ईप्रका मिर्चैयाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…