धनुषाको यस नगरपालिकाको टोलटोलमा मेलमिलाप
न्यूज ब्यूरो, धनुषा । झैझगडा, विवादलाई स्थानीय स्तरमै मिलाउनको लागि धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विभिन्न वडाहरुमा मेलमिलाप समिति गठन गरिएको छ । नगरपालिकाको कार्यालय बीरेन्द्र बजारमा मँगलबार बसेको बैठकबाट नगरपालिकाको विभिन्न टोलहरुमा मेलमिलाप समिति गठन गरी समान्य प्रकृतिका विवादहरुलाई स्थानीय स

२०७५ चैत १३ बुधबार, बिहान ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । झैझगडा, विवादलाई स्थानीय स्तरमै मिलाउनको लागि धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विभिन्न वडाहरुमा मेलमिलाप समिति गठन गरिएको छ ।
नगरपालिकाको कार्यालय बीरेन्द्र बजारमा मँगलबार बसेको बैठकबाट नगरपालिकाको विभिन्न टोलहरुमा मेलमिलाप समिति गठन गरी समान्य प्रकृतिका विवादहरुलाई स्थानीय स्तरमै मिलाउने निर्णय गरिएको हो । नगर प्रमुख राम बाबू यादवको अध्यक्षता तथा उप मेयर एवम् न्यायीक समितिकी अध्यक्ष मीना यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकबाट विभिन्न सरोकारबालाहरुको रोहबरमा गाउँ टोलहरुमा मेलमिलाप समिति चयन गर्ने निर्णय गरिएको थियो ।
केही दिन अघि नगरपालिकामै सँचालन गरिएको मेलमिलापको तालिमपछि उनीहरुलाई गाउँस्तरीय मेलमिलापको लागि छनौट गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरी उपमेयर मीना यादवले गाउँमै मेलमिलाप सहजकर्ता भएपछि विभन्नि प्रकारका समान्य प्रकृतिका मुद्दाहरुको लागि अदालत अड्डा जानबाट मुक्त हुने धारणा राखिन् । उनले शिघ्र नै प्रत्येक ठाउँमा यसको कार्यालय स्थापना गरी न्यायिक समितिको पहुँचलाई नागरिकसम्मको सहजता अति सबल बनाउने विश्वास व्यक्त गरिन् ।
सो कार्यक्रममा उपमेयर यादवले सहभागीहरुलाई मेलमिलापकर्मीहरुलाई सहजताको लागि झोला समेत वितरण गरेकी थिइन् ।
सो कार्यक्रममा अध्यक्षता गरेका नगरका मेयर रामबाबू यादवले भने, मेलमिलाप बनाउने नीति नै उल्टो भएको भन्दै आपत्ति जनाउँदै यसको लागि हुने सदस्यहरुको योग्यता नतोकिएकोप्रति खेद प्रकट गरे । उनले मेलमिलापको लागि योग्य व्यक्तिको आवश्यकता रहेको जनाउँदै योग्यता तोकिए उत्तम हुने प्रतिक्रिया दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादव, लेखा अधिकृत शिवनारायण साह, योजनाका प्रशासकीय अधिकृत सूर्यनारायण सिँह लगायत वडा नं. ११ का वडाध्यक्ष सत्यनारायण कुवंर, नेकपामा युवा नेता महेश लाल यादव सहित मेलमिलापकर्मी, उपमेयरकी प्रत्यासी निसा मोक्तान, अधिकारकर्मी विनोद महरा सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…