विद्यालयमै दिवाखाजा पाएपछि यसरी मुस्कुराए बालबालिकाहरु
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ८ मा पर्ने स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा सोमबारदेखि दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । सबैला नगरपालिका वाडा नं. ८ को उक्त विद्यालयमा सोमबारदेखि विद्यालयमै आयोजित कार्यक्रमका बीच स्याउ, सुन्तला र अंगुर सहितको फलफूल लगायतको दिवाखाजा व
२०७५ चैत ११ सोमबार, राति ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ८ मा पर्ने स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा सोमबारदेखि दिवा खाजा कार्यक्रम सुरु गरिएको छ ।
सबैला नगरपालिका वाडा नं. ८ को उक्त विद्यालयमा सोमबारदेखि विद्यालयमै आयोजित कार्यक्रमका बीच स्याउ, सुन्तला र अंगुर सहितको फलफूल लगायतको दिवाखाजा विद्यार्थीलाई बांडेर दिवा खाजाको सुरुवात गरेका हुन् । दिवा खाजाले विद्यालयमा अनुपस्थित हुने गरेका विद्यार्थीहरु नियमित हुनेमा विश्वास विद्यालयका प्रधानाध्यापक नथुनी साहले लिएका हुन ।
कक्षा १ देखि ५ सम्म ४ सय जना विद्यार्थी अध्ययनरत जनप्रिय विद्यालयमा हाल बाल विकासदेखि कक्षा ५ सम्म पनि चार सय जना विद्यार्थीहरु उपस्थिति जनाउँछन् । श्री सरस्वती माध्यमिक विद्यालयमा सबैला नगरपालिका मेयरद्वारा विद्यालयमा दिवाखाजाको सुरुवात गरेको भन्दै विद्यालय कर्मचारीलाई प्रशंसा गरे ।
दिवाखाजको लागि नेपाल सरकारले मातहतका सम्पूर्ण विद्यालयहरुलाई बालबालिकाहरुको लागि दिवाखाजको व्यवस्था गर्न निकासा गरिलिन आग्रह गरेपनि अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अभाव देखाउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…