एसईई परीक्षामा 'अमर्यादित' शब्दको कुनै गुञ्जायस छैन : कान्छो मेयर
शिक्षा क्षेत्रमा सन्तुलन कायम राख्नको लागि पनि म एईई परीक्षाभरि सेवाको लागि हाजिर हुनेछु ।

२०७५ चैत १० आइतबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आईतबारदेखि विधिवत रुपमा सुरु भएको एसईई परीक्षामा अमर्यादित शब्दको कुनै गुञ्जायस नभएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले दाबी गरेका छन् ।
आईतबार विहान ८ बजेदेखि विधिवत रुपमा देशैभरि सँचालन भएको एसईई २०७५ को लागि शहिदनगर नगरपालिकाले पाएको दुई परीक्षाकेन्द्रमध्ये एउटामा पनि कुनै प्रकारको सम्झौता र अमर्यादित परीक्षा सँचालन नभएको तथा नहुने दाबी गरेका छन् । शहिदनगर नगरपालिकाको वडा नं. ८ धबौली स्थित रहेको एसएनआर मावि धबौली र नगरपालिकाकै वडा नं. ३ यदुकूहा स्थित रहेको जनता माविमा परीक्षा केन्द्र तोकिएको हो ।
विहानैदेखि सुरु भएको परीक्षाको लागि प्रवेशद्धारमा परीक्षार्थीहरुलाई कडाईका साथ तलासी गरिएको जनाउँदै उनले भित्र परीक्षा हलमा समेत कुनै प्रकारको अमर्यादित गतविधि हुन नदिएको दाबी गरे । परीक्षा विद्यार्थीको भविष्यसँग जोडिएको भन्दै आफ्नो नगरपालिकामा परेको अन्य नगरपालिकाको परीक्षार्थीहरु समेत सहभागिता जनाएकोले नगरको प्रतिष्ठाको सबालमा कुनै प्रकारको सम्झौता नगरिने जनाए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले भने, - "नगर शिक्षा समितिका सँयोजक राम रतन पासवानले स्वयंम एउटा परीक्षाकेन्द्रमा सुरक्षार्थ तथा अनुगमनको लागि खटिएका छन् । अर्को सेन्टरमा म आफैँ उपस्थित भएको हुन्छु । यो मेरो पनि जिम्मेवारी हो । शिक्षा क्षेत्रमा सन्तुलन कायम राख्नको लागि पनि म एईई परीक्षाभरि सेवाको लागि हाजिर हुनेछु ।"
एसएलसी रहेको बेला देखि नै माध्यमिक तहको परीक्षामा चल्दै आएको चिटचोरीको विकृतिलाई परास्त गर्नको लागि यो प्रयास थालेको बताउँदै अध्ययन अध्ययापनको बेला पनि विभिन्न समयमा यसैगरी कक्षा कक्षामा गएर अनुगमन थालेको बताए । मेयर बरबरियाले नगरपालिकाको दुईवटै परीक्षाकेन्द्रमध्ये कुनैमा त्यस्तो कुनै अमर्यादित गतिविधि भए आफूलाई सिधा जानकारी गराउन आग्रह पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…