राजपाले अवरुद्ध पारे संसद, मधेश आन्दोलनमा भएको नरसँहारको प्रतिवेदन सार्वजनिक गर्न माग
राजपाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म यस्तो अवस्थामा बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

२०७५ चैत १० आइतबार, दिउँसो २:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । मधेश आन्दोलनको क्रममा राज्यद्धारा भएको दमन र नरसँहारबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा नेपालले प्रतिनिधि सभाको बैठक आज फेरि अवरुद्ध पारेको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी राजपाले संसद बैठक अवरुद्ध गरेको हो ।
सभामुखको रुलिङ सरकारले अवज्ञा गरेको भन्दै राजपाले यही अवस्थामा संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले सानो विषयमा सभामुखको पटक–पटक रुलिङ आउँदा पनि सरकार जिम्मेवार नभएको आरोप लगाएका हुन् ।
राजपाको अवरोधपछि संसद् बैठक १० मिनेटका लागि स्थगित भएको थियो । यसअघि सभामुख महराले सरकारले सरकारात्मक जवाफ दिएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
त्यसअघि चैत ४ गतेको बैठकमा सरकारको तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले आयोगको प्रतिवेदन सिघ्र सार्वजनिक गर्ने आश्वासन दिएपनि हालसम्म सार्वजनिक भने गरिएको छैन ।
राजपाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म यस्तो अवस्थामा बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…