शहिद अजबलालको स्मृतिसभामा मातृकाले भने, - 'कमरेडको चोरैका दाँत भाँच्नुपर्छ'
न्यूज ब्यूरो, धनुषा । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले कम्युनिष्टका चोरैका दाँत (लुकाएर राख्ने दाँत) भाँच्नुपर्ने बताएका छन् । तत्कालिन माओवादीबाट शहिद भएका धनुषाका अजबलाल यादवको १७ औँ स्मृतिसभा बोल्दै मन्त्री यादवले कमरेडहरुको चोरैका दाँत नभाँचिए कम्युनिष्ट उपर

२०७५ चैत १० आइतबार, बिहान ११:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले कम्युनिष्टका चोरैका दाँत (लुकाएर राख्ने दाँत) भाँच्नुपर्ने बताएका छन् ।
तत्कालिन माओवादीबाट शहिद भएका धनुषाका अजबलाल यादवको १७ औँ स्मृतिसभा बोल्दै मन्त्री यादवले कमरेडहरुको चोरैका दाँत नभाँचिए कम्युनिष्ट उपर अप्ठयारो पार्ने बताए । पार्टी भित्रैका तत्वहरुले कम्युनिष्ट विरोधी तथा पार्टीको नीति विपरित कार्य गरेर कम्युनिष्ट विचारलाई धारासाही बनाउन खोजेको भन्दै उनले यस्तालाई बाहिर निकाल्नुपर्ने बताए ।
३ बर्षे जनयुद्धको क्रममा सहादत दिएका यादवको १७ औँ स्मृति सभाको अध्यक्षता गर्दै नेतृ शिला यादवले पार्टी भित्रको, कम्युनिष्ट भित्रको अराजक तत्वहरुलाई बाहिर फाल्नुपर्ने बताइन् । उनले शहिदको सपना साकार पार्नको लागि पार्टीभित्र ईमान्दारिता आवश्यक रहेको दर्साए ।
स्मृति सभामा नेकपाका नेता प्रभु साह, राम चन्द्र मण्डल , श्रीप्रसाद साह, बोधमाया यादव, किशोरी साह, महादेब यादव विशिष्ट अतिथिकोे आसनबाट शहिद अजबलालको सहादतबारे सुनाएका थिए ।
सो कार्यक्रममा मिथिला बिहारी नगरपालिका मेयर अनिल यादव, गनेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिना यादव लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…