धनुषा : विहानै शौच गएका दुई दाजुभाई बेपत्ता, परिवारमा रुवाबासी
उनको घरदेखि करिब डेढ किलोमिटरको दुरीमा मात्र उनीहरु पढने बोर्डिंग स्कूल रहेको छ ।

२०७५ चैत ५ मंगलबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट सोमबार दुई बालक बेपत्ता भएका छन् भने अहिलेसम्म कुनै सुइको पाइएको छैनन् ।
धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयाको भेडहरी (गडेरी) टोलबाट सोमबार बिहानै दुई दाजुभाई बेपत्ता भएका हुन् । एका विहानै करिब ५ बजेको समयमा घरबाट शौचको लागि बाहिर निस्केका माचि झिटकैया वडा नं. २ बस्ने कारी गडेरीका अन्दाजी वर्ष १४ का अमोद राउत र उनकै भाई राजेश गडेरीका अन्दाजी वर्ष १३ का रुपेश राउत बेपत्ता भएका छन् ।
"उनीहरुले एउटै घरमा सुतेका थिए, उनको आमा पानो देवी राउत परिक्रमा मेला हेर्नको लागि धनुषाको औरही गएकी थिइन । रुपेश र अमोद विहानै शौच गर्नको लागि गाउँ बाहिर जाँदैछु भनेर दाईलाई भने । त्यसपछि उनीहरु पुनः फिर्ता आएनन् ।"- उनका एक काका जोगिन्द्र गडेरीले बताए ।
कमला नगरपालिका वडा नं. २ सराबे स्थित रहेको विस्डोम नामक बोर्डिंग स्कूलमा पढदै आएका दुवै बालक विहानै शौचालयको लागि निस्केपनि फिर्ता नआएपछि परिवारमा रुवाबासी चलेको छ । उनीहरुलाई खोज्नको लागि परिक्रमाको विभिन्न स्थान, खेत, वन, झाडी सहित अन्य गाउँहरुमा समेत मान्छे खटाएपनि अहिलेसम्म पत्तो लाग्न सकेको छैनन् ।
उनको घरदेखि करिब डेढ किलोमिटरको दुरीमा मात्र उनीहरु पढने बोर्डिंग स्कूल रहेको छ । उनका परिवारले जहाँतहाँ उनीहरुलाई खोजी कार्य जारी राखेको छ भने ईलाका प्रहरी कार्यालय खजुरीमा समेत खोजविनको लागि निवेदन दिएका हुन् ।
========================
यो बच्चालाई कसैले देखेमा कृप्या न्यूज ब्यूरोको नम्बर 9854028045 वा उनको परिवारको नम्बर 9864518989 मा सम्पर्क गरी जानकारी दिन अनुरोध छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…