डा. सिके राउतको स्वागतको लागि ओर्ले जनसागर !
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत जनकपुर आउनथालेपछि उनको स्वागतको लागि विभिन्न जिल्लाबाट जनसागर ओर्लेका छन् । विहानैदेखि प्रतिक्षामा रहेका युवाहरु डा. सिके राउतको स्वागतको लागि हातमा फूलमाला सहित स्वतन्त्र मधेश को झण्डा सहित नारावाजी गर्दै स्वागतको लागि तयार भएका छन् । नेपाल सरकारसँग अचानक गरे

२०७५ फागुन २६ आइतबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत जनकपुर आउनथालेपछि उनको स्वागतको लागि विभिन्न जिल्लाबाट जनसागर ओर्लेका छन् ।
विहानैदेखि प्रतिक्षामा रहेका युवाहरु डा. सिके राउतको स्वागतको लागि हातमा फूलमाला सहित स्वतन्त्र मधेश को झण्डा सहित नारावाजी गर्दै स्वागतको लागि तयार भएका छन् । नेपाल सरकारसँग अचानक गरेको ११ बुँदे सहमति प्रति असन्तुष्ट उनका केही समर्थक तथा समाजिक सँजालमा भईरहेको नाकारात्मक टिकाटिप्पणीलाई जवाफ तथा प्रष्ट पार्नको लागि जनकपुर आउन लागेका हुन् ।
उनका स्वागतको लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही लगायत तराई मधेशको विभिन्न जिल्लाहरुबाट उनका समर्थकहरु जनकपुर आएका छन् । सरकारले स्वतन्त्र मधेश गठबन्धनको मुुख्य माग अर्थात एक सुत्रिय माग जनअभिमतलाई हरियो झण्डी देखाउने वित्तिकै मधेशका युवाहरुमा उत्साह छाएको छ ।
उनीहरुले डा. राउतको राजनीतिक अवतरण समेत स्वीकार गर्दै फ्रि मधेशको लागि चाहिएको बुँदमा सरकार सहमत भएपछि खुसीयालीमा दिपावली समेत मनाएका छन् । केही बेरमै डा.राउत जनकपुर आईपुग्ने कार्यक्रम तय भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…