धनुषाको सबैलामा कालोपत्रे सडकको शिलान्यास
न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको सबैला नगरपालिकामा कालोपत्रे सडकको शिलान्यास गरिएको छ । स्थानीय जनप्रतिनीधिहरुबीच रहेको मनमुटाव साम्य भएपछि सबैला नगरपालिकामा समेत विकास निर्माणका कार्यक्रमहरु तीव्रता पाएको जनाउँदै नगरका मेयर विजय शंकर प्रसाद साहले सबैला नगरपालिका वडा नं. २ स्थित रहेको सबैला बजार

२०७५ फागुन २२ बुधबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको सबैला नगरपालिकामा कालोपत्रे सडकको शिलान्यास गरिएको छ ।
स्थानीय जनप्रतिनीधिहरुबीच रहेको मनमुटाव साम्य भएपछि सबैला नगरपालिकामा समेत विकास निर्माणका कार्यक्रमहरु तीव्रता पाएको जनाउँदै नगरका मेयर विजय शंकर प्रसाद साहले सबैला नगरपालिका वडा नं. २ स्थित रहेको सबैला बजारदेखि टाबरसम्मको ३ सय ७५ मिटरसम्मको लागि कालोपत्रे सडकको शिलान्यास गरेका हुन् ।
सो शिलान्यास कार्यक्रममा सबैला नगरपालिका वडा नं. २ का वडाध्यक्ष पारस साहले सबैलाको पहिचानको रुपमा स्थापित सबैला बजार सौन्दर्यीकरणको लागि चालु आर्थिक वर्षमा चाहिने जति बजेट विनियोजन गरेको बताए । काठमान्डौको सुरज एन्ड सुजन जे बि कन्सट्रक्सन बबरमहल नामक कम्पनीले सो सडक कालोपत्रे गर्ने ठेक्का लिएका हुन् ।
कन्सट्रक्सनका प्रतिनिधि जितनारायण यादव आउँदो चैत्त महिनाभित्रै सडक कालोपत्रेको कार्य सकाउने आवश्वास दिए । सबैलामा पहिलो पटक वडास्तरीय योजनामा सडक कालोपत्रेको योजना पारित हुँदै कार्य सँचालनमा आएको हो । बाटो फराकिलो गरी नियम बमोजिम कालोपत्रेको कार्य सुरुवात गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…