कान्छो मेयरको नगर हरुवाचरुवामुक्त हुने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्र रहेको हरुवा चरुवाको तथ्याँक यकिन गरिने भएको छ । युनाइटेड किँगडोमबाट धनुषाको शहिदनगमै आएका फ्रिडम फण्डका प्रतिनीधिहरुले नगरभित्र अहिले पनि रहेका हरुवा चरुवाको तथ्याँक यनिक गरी उनीहरुलाई हरुवा चरुवाको रेखामुनीबाट माथि उकास्ने प्रतिवद्धता सहित मु

२०७५ फागुन २० सोमबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्र रहेको हरुवा चरुवाको तथ्याँक यकिन गरिने भएको छ ।
युनाइटेड किँगडोमबाट धनुषाको शहिदनगमै आएका फ्रिडम फण्डका प्रतिनीधिहरुले नगरभित्र अहिले पनि रहेका हरुवा चरुवाको तथ्याँक यनिक गरी उनीहरुलाई हरुवा चरुवाको रेखामुनीबाट माथि उकास्ने प्रतिवद्धता सहित मुलुककै कान्छो मेयरसँग वार्तालाप गरेका हुन् ।
फण्डका प्रतिनीधि केभिन ग्रुमेले मेयर बरबरियासँग कुराकानी गर्दै नगरभित्र रहेको हरुवा चरुवाको वर्तमान स्थिति तथा उनीहरुसँग मालिकले अहिले पनि गर्ने व्यवहार तथा पूर्ण तथ्याँक उपलब्ध गरादिएपछि उनीहरुलाई त्यस रेखाबाट बाहिर निकाल्ने प्रतिवद्धता जाहेर गरे ।
सोमबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले भने,- "धनुषाको विभिन्न ३ वटा स्थानीय तहको हरुवा चरुवको यकिन गर्नको लागि युकेबाट प्रतिनीधिहरु आएका छन् । यसपाली भने हाम्रो शहिदनगर नगरपालिकालाई छनौट गरेको छ र यसको लागि हामी पूर्णतः सहकार्य गर्न तयार छौँ । अहिले पनि हरुवा चरुवाको जीवन विताईरहेका नगरका ती निमुखा र गरिब जनतासँग मालिकले गर्ने व्यवहार मानवीय हो वा हाईन, यातना दिरहेको छ की ? भन्ने बारे हामी तथ्याँक सँकलन गरी उनीहरुलाई प्रदान गर्नेछौँ भने त्यही तथ्याँकको आधारमा सिआईसीले काम गर्नेछ ।"
सो भेटघाटको क्रममा मेयर बरबरिया र उपमेयर शिला देवी कापरले फ्रिडम फण्डका प्रतिनीधिलाई शहिदनगर नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गर्दै स्वागत गरेको थियो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…