विदेशमा मृत्यू भएपछि ४ महिनादेखि पासवान परिवार शवको पर्खाईमा
धेरै सरकारी कर्मचारीहरुले मोबाईल नम्बर दिएर सम्पर्क गर्न भन्थे र पछि सम्पर्क गर्दा गाली पनि गर्थे !
२०७५ फागुन १५ बुधबार, बिहान १०:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । काठमाडौँ ।नेपालमा रोजगार नपाएर सउदी गएको महोत्तरी जिल्ला स्थित पिपरा गाउँपालिका वडा नं. ४ को ३७ वर्षिय तेज नारायण पासवानको एक वर्ष पुग्दै सडक दुर्घटनामा मृत्यु भएको थियो ।
मृत पासवान सउदीको एक कन्सट्रक्सन कम्पनीमा मजदुरी गर्दै थिए । कम्पनीकै गाडीमा कार्यालय जादै गर्दा सडक दुर्घटनामा उनको मृत्यु भएको थियो । मृत्यु भएको चार महिना बितदा पनि अझसम्म उनकोे शव नेपाल आउन सकेको छैन् । मृतकका १२ सदसीय परिवार चार महिनादेखि शवको पर्खाईमा आशु झार्दै बसेका छन् । मृत पासवानको परिवारमा आमा, दाई, भाउजु र उनको तिन छोरी र एक छोरा, स्वास्नीका साथ तीन छोरी र एक छोरा रहेका छन् ।
मृतकको दाई जिबछ पासवान पनि भर्खरै कतारबाट फर्केर नेपालमै काम गर्दै छन् । हिन्दु धर्मका अनुसार भाईको मृत्यु भएको चार महिनासम्म शव न आएकोले घरमा चुल्हासमेत नजलेको जिबछ पासवानले चिन्ता ब्यक्त गरेका छन् ।
भाईको शव छिटै पाउनका निम्ती यस अवधीमा कयौ पटक गरेको महोत्तरी–काठमाडौँको दौडमा निकै सास्ती भोग्नु परेको उनले बताए । शव पाउने प्रक्रियामा परराष्ट्र मन्त्रालयका साथ विभिन्न कार्यालयका कर्मचारीहरुले भोली–भोली भन्दै समयमा काम नगरेको उनले गुनासोसमेत पोखेका छन् ।
उनले भने - "धेरै सरकारी कर्मचारीहरुले मोबाईल नम्बर दिएर सम्पर्क गर्न भन्थे र पछि सम्पर्क गर्दा गाली पनि गर्थे”। दुख परेकै समयमा सरकारले काममा ढिलासुस्ती गरी अझै दुख दिएको उनको भनाई छ । विदेशबाट शव ल्याउन ढिलासुस्ती नगर्न र आफनै देशमा रोजगारीको राम्रो ब्यवस्था गर्नका लागी उनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् ।
पानीका साथै प्राकृतिक सुन्दर्तामा धनी रहेको शान्त नेपालको युवावर्ग बैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कृषी प्रधान देश भनेर चिनिने नेपाल आज युवावर्गका रुपमा आफनो भविष्य गुमाउँदै गईरहेको छ ।रोजगारीको अभावमा विभिन्न आशाका साथ विदेशतिर गएका नेपालीहरु मृत अवस्थामा घर फर्किरहेका छन् । शव आउन साह्रै ढिलासुस्ती भएकाले मृतकका परिवारजन चिन्तित भएका छन भने सरोकारबालाहरुलाई कुनै मतलब नै छैन् । बैदेशिक रोजगारीबाट प्रतिदिन करिब ५ वटा नेपालीहरुको शव नेपाल फिर्ता आउने गरेको छ ।
आर्थिक वर्ष २०६४–६५ देखि चालु आर्थिक वर्षको फाल्गुन–७ गते सम्म विभिन्न देशबाट कुल ७ हजार १ सय ८९ वटा शव नेपाल फिर्ता आएको बैदेशिक रोजगार प्रबद्र्धन बार्डको तथ्याङमा रहेको छ । बैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी शव मलेशियाबाट आउने गरेका छन । त्यस्तै सउदीबाट शव आउन सबभन्दा बढी समय लाग्ने गरेको छ । सउदीबाट शव आउन तीनदेखि छौ महिनासम्म लाग्ने गरेको छ । जसमा कतिपय शव आउन एक वर्ष तथा सो भन्दा बढी पनि लाग्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मनिष शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…