सुनसरी पनि राम -जानकी मन्दिर निर्माण हुने
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी २ स्थित तुताहामा श्री राम जानकि मन्दिर पुराण आयोजक समितिको आयोजनामा श्री राम जानकि मन्दिर निर्माण सहयोगार्थ श्रीमद्भागवत माहापुराण धन धान्यान्चल सप्ताह धार्मिक ज्ञान माहायज्ञ सुरु भएको छ । ज्ञान माहायज्ञ समारोहलाई दुहबी नगर पालिकाका मेयर बेद्नारायण गच्छदारले समु

२०७५ फागुन १३ सोमबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी २ स्थित तुताहामा श्री राम जानकि मन्दिर पुराण आयोजक समितिको आयोजनामा श्री राम जानकि मन्दिर निर्माण सहयोगार्थ श्रीमद्भागवत माहापुराण धन धान्यान्चल सप्ताह धार्मिक ज्ञान माहायज्ञ सुरु भएको छ ।
ज्ञान माहायज्ञ समारोहलाई दुहबी नगर पालिकाका मेयर बेद्नारायण गच्छदारले समुद्घाटन गरेका थिए । मेयर गच्छदारले सप्ताह व्यापी श्रीमद्भागवत माहापुराणको सफलताको शुभकामना दिदैं ज्ञान माहायज्ञ समपरनन गर्नकालागि १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मेयर गच्छदारले राजनिति र धर्म एक सिक्काको दुइ पाटा रहेको धारणा व्यक्त गर्दै धर्म र आस्थालाइ बिर्सन नहुँनेमा जोड दिएका छन । पण्डित तारा प्रसाद कुइँकेलको मुखारवृन्दबाट कथा वाचन हुँने आयोजकले जानकारी दिएको छ ।
समुद्घाटन कार्यक्रममा भक्त जनहरुले कलश शोभा यात्रामा नाच गानको साथमा विभिन्न जात जातिको झाँकी सहित दुहबी बजार परिक्रमा गरेका थिए । पुराण समितिका संयोजक शसी कुमार चौधरीको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रमलाइ मूल समारोह समितिका सदस्य खेमनारायण माझीले स्वागत मन्तव्य दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…