धनुषाधाम संरक्षित वनमा आगो
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम संरक्षित वनमा आगो लागेपछि करिब १५ हेक्टरको स साना रुख विरुवा जलेर नष्ट भएको छ । मँगलबार बिहान करिब १२ बजे वनमा लागेको आगो झण्डै ३ घण्टापछि दिउँसो ३ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। धनुषाधाम नगरपालिका बारुण यन्त्र नेपाल प्रहरी शस्त

२०७५ फागुन ७ मंगलबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम संरक्षित वनमा आगो लागेपछि करिब १५ हेक्टरको स साना रुख विरुवा जलेर नष्ट भएको छ ।
मँगलबार बिहान करिब १२ बजे वनमा लागेको आगो झण्डै ३ घण्टापछि दिउँसो ३ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। धनुषाधाम नगरपालिका बारुण यन्त्र नेपाल प्रहरी शस्त्र प्रहरी स्थानिय बासिन्दा को अगुवाईमा आगो नियन्त्रण गरिएको र्इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज हिरन कुमार यादवले बताए ।
वनमा कसरी आगो लाग्यो खुल्न सकेको छैन । आगो निभाउन मध्य पुर्बी बिर्तना महेन्द्रनगर आर्मी ब्यारेक टोलि समेत समयमै पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…