दुहवीका मेयर गच्छदार आँफै झाडु लिएर सडकमा
सफा, स्वस्थ र हरित दुहवी नगर बनाउने उदेश्य

२०७५ फागुन ४ शनिबार, दिउँसो १:१३ बजे३ मिनेट पढाइ

सुनसरी, ४ फागुन । सुनसरीको दुहबीका नमुना दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दुहवी क्षेत्रमा सरसफाईमा स्वयँ जुटेका छन् । समुदाय प्रहरी साझेदारी अन्र्तगत दुहवी नगर स्तरीय पालिका समितिको अगुवाईमा शनिबार दुहवी नगरपालिका ईलाका क्षेत्र अन्तर्गतमा पर्ने बस बिसौनीहरुमा गरिएको सरसफाई कार्यक्रमा मेयर गच्छदारले सरसफाई गरेका हुँन् ।
सरसफाई कार्यक्रमा मेयर गच्छदार सहित इप्रका दुहवीका प्रहरी निरीक्षक रामनारायण माझी ,दुहबी अस्थायी ट्राफिकका इन्चार्ज अस्ई गोपाल श्रेष्ठ,नेपाली सेना ,सशस्त्र प्रहरी , दुहबी नपा वडा ३ अध्यक्ष माधव भण्डारी ,वडा ५का अध्यक्ष रमेश रौनियार वडा अध्यक्ष २का अरबिन्द बिस्वास , समुदाय–प्रहरी साझेदारी अन्तर्गतका समितिहरु, यातायात व्यवसायि, स्थानिय संघ संस्थाका प्रमुखहरु, स्थानिय व्यापारीहरु, सञ्चारकर्मी चन्दन रौनियार ,प्रेम गिरी ,अकबर अलि ,लगायत सो क्षेत्रको सरसफाईमा जुटेका हुन् ।
मेयर गच्छदारले सफा, स्वस्थ र हरित दुहवी नगर बनाउने उदेश्य रहेको यस क्षेत्रमा सरसफाई कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । सरसफाई कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने स्थानियहरु वताउँछन । स्थानियहरुले सफा नगर बनाउने सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै नगर प्रमुख सहित सुरक्षा अधिकारी आएर सरसफाई कार्यक्रम गर्नु सबैको लागि खुसीको कुरा भएकोले कम्तीमा हप्तामा १ पटक शनिवार सरसफाई कार्यक्रम राख्नुपर्ने स्थानियहरुले जोड दिएका छन् ।
स्थानिय व्यवसायिहरुका अनुसार दुहवी नगरपालिकाको सरसफाई चित्तबुझ्दो न रहेको, दुहवी बजार क्षेत्रमा राखिएको फोहर मलाइको भाँडो हप्तौ देखि भरिएर दुर्गन्ध आउँदा समेत सफाइ कर्मचारीले चासो न दिएको, ठाउँ–ठाउँमा नाला जाम भएको, फोहर पानि जमेर दुर्गन्ध आएको, दुहवी ३ स्थित दुहवी–इनरुवा सडक खण्डको वाटो खनेर धुलाम्मे भएको ठाउँमा माटो जमेर नाला जाम भएको, बजार अव्यवस्थित भएको लगायतका गुनासो पोखेका छन । नेपाल प्रहरीले सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।
गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ प्राथमिकताका आधारमा कात्तिक ११ देखि सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यलाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको प्रहरीले सबै जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा समिति निर्माण गरिसक्ने जनाएको छ ।
स्थानीय तहसँग साझेदारी कार्यक्रमलाई सफल पार्न प्रहरीले पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर समाजमा हुने अपराधसम्बन्धी जानकारी गराउने, प्रशिक्षण दिने, सामुदायिक गस्ती गर्ने, सरसफाई कार्यक्रम गर्ने, अन्तक्र्रिया कार्यक्रम सञ्चालन तथा सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । अपराध रोकथामका लागि विद्यालयसँग सहकार्य गरेर छुट्टै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने गरी अगाडि बढेको छ । प्रहरीले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न केही स्थानीय तह र सामाजिक सङ्घ संस्थाको सहयोगमा सिसीटिभी जडान कार्यसमेत शुरुआत गरिसकेको छ ।
सिसिटिभीको जडानसँगै अपराध रोकथाममा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ । कार्यक्रम कार्यान्वयनमा आए समाजमा हुने अपराधमा ठूलो मात्रामा कमी आउने प्रहरीले विश्वास लिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…