मधेशको महाकुम्भ १५ दिने परिक्रमा नजिकिदै गर्दा परिक्रमा सडकमा तोडफोड सुरु
धनुषा, १ फागुन । मधेशको महाकुम्भ भनिने १५ दिने परिक्रमा नजिकिदै गर्दा परिक्रममा सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ अन्तर्गत परिक्रमा सडक मट्टही देखि खउनासम्म निर्माण हुने सडक बुधबारदेखि बाटो सीमांकन कार्यक्रम सम्पन्न गर्दै सडकभित्र परेका घर, टहरालाई तोडफोड सु

२०७५ फागुन १ बुधबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

धनुषा, १ फागुन । मधेशको महाकुम्भ भनिने १५ दिने परिक्रमा नजिकिदै गर्दा परिक्रममा सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ अन्तर्गत परिक्रमा सडक मट्टही देखि खउनासम्म निर्माण हुने सडक बुधबारदेखि बाटो सीमांकन कार्यक्रम सम्पन्न गर्दै सडकभित्र परेका घर, टहरालाई तोडफोड सुरु गरेको छ । । बुधबार (आज) देखि परिक्रमा सडक मा पर्ने घर जग्गा तोडफोड सुरु गरिएको जनकपुर स्थितको रोशन कन्सट्रक्सनका प्रबन्धक (म्यानेजर) हिरा भगतले जानकारी दिए ।
परिक्रमा सडक काम सुरु गरिएको सिरियल नम्बर ५७ं०० रहेको सडक डिभिजन इन्जिनियर रामकुमार यादवले बताए । निर्माण हुन लागेका सडकको चौड़ाई ३३ फिट १० मिटर र घुम्तीमा ३७ फिट चौड़ाईको पिच तथा गाउँकै बाटोमा दुईटै पट्टीनाला निर्माण हुनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…