महिलाको शंकास्पद मृत्यु
महोत्तरी, २९ माघ । महोत्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. ८ सहसराम निवासी मनोज कुमार महतो कि श्रीमति २० वर्षिया धनमति देवी महतोको मृत्यु भएको हो । आईतवार बिहान करिव ९ बजे नै मृत्यु भएकि धनमति देवीको दाह संस्कार गर्ने व्यवस्थापनमा लागिएकोमा माईतपक्षले छो

२०७५ माघ २९ मंगलबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

महोत्तरी, २९ माघ । महोत्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. ८ सहसराम निवासी मनोज कुमार महतो कि श्रीमति २० वर्षिया धनमति देवी महतोको मृत्यु भएको हो ।
आईतवार बिहान करिव ९ बजे नै मृत्यु भएकि धनमति देवीको दाह संस्कार गर्ने व्यवस्थापनमा लागिएकोमा माईतपक्षले छोरीको ससुराली पक्षले हत्या गरेको भनि प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।
यता प्रहरीले सोधपुछको लागि मृतकका श्रीमान र जेठानीलाई नियन्त्रणमा लिएको छ । मृतक महिलाको घाटीमा चोट र पाखुरामा निलडाम देखिएकोले शंका अझै बल्झिएको छ । यता आफन्तले आफै मृत्यु भएको प्रहरीलाई जानकारी गराएपनि सोधपुछका क्रममा पासो लगाएर मृत्यु भएको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खडकाले समेत मृत्यु शंकास्पद देखिएकोले अनुसन्धान थालिएको बताए । उनले सोमबार नै पोष्टमार्टम भईसकेको बताएका छन । मृतकको एक महिने छोरा समेत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…