धनुषाधाममा चिडियाखाना निर्माणदेखि ठेकेदारलाई कोर्रा हान्नेसम्म के के भने माधव नेपाल ?
मेयर, उप मेयरलाई पर्यटकीय दृष्टिकोणले धनुषाधाम विकासको लागि अग्रसर हुन आग्रह समेत गरे ।

२०७५ माघ २८ सोमबार, राति ९:३० बजे१ मिनेट पढाइ

जनकपुरधाम, २८ माघ । नेकपाका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले धनुषाको धनुषाधाममा चिडियाखाना निर्माण गर्ने बताएका छन् ।
सोमबार धनुषाको धनुषाधाममा नेता नेपालले धनुषाधाम जँगल नजिकै रहेको तथा पर्यटकीय हिसाबले अनुकुल रहेको भन्दै यहाँ चिडियाखाना निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । अर्को प्रसँगमा बोल्दै उनले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई औल्याउँदै भौतिक पूर्वाधार मन्त्रीको नाताले भएपनि समयमा कामै नगरी रकम झवाम्म पार्ने तथा जनतालाई सास्ती दिने ठेकेदारहरुलाई कोर्राले हाने मात्र बुझ्ने बताए । धनुषाको पर्यटकीय स्थल धनुषाधाममा उनी सोमबार विहान पूजाआज तथा कार्यकर्ता भेटघाट गरेका छन् ।
एक औपचारिक कार्यक्रमबीच नेता नेपालले भने, तपाईंहरुकै धनुषाकै भौतिक तथा यातायात मन्त्री रघुबिर महासेठ हुन्नुहुन्छ। उहाँलाई यहाँ पिछडीएको भेकको बाटो बनाउन म स्वयँ आग्रह गर्नेछु । ठेकेदारलाई कोरा लगाउनुस अनि मात्र सुन्छ ठेक्कादार । मैले भुमिगत बेला पर्बता नौसय लगायत तराई बसेकोछु र यहाँको वस्तुस्थिति बारे पनि भलिभाँती थाहा छ ।
नेकपा दुई नम्बर प्रदेशमा कमजोर रहेकोप्रति दुःख प्रकट गदैए धनुष मन्दिर जस्ता पौराणिक एवम् धार्मिक स्थललाई विकासको लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे । स्थानीय सरकार मेयर, उप मेयरलाई पर्यटकीय दृष्टिकोणले धनुषाधाम विकासको लागि अग्रसर हुन आग्रह समेत गरे ।
कार्यक्रममा साँसद सत्रुधन महतो, सँसदीय दलका नेता राम चन्द्र मण्डल, नेता योग कुमार यादव, जोग कुमार यादव, गुलाब यादव लगाएत कार्यकताहरु को उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…