धार्मिक र ऐतिहासिक स्थल बचाउन मेयरको अभियान
महोत्तरी,२८ माघ । जिल्लाको लोहारपटटी नगरपालिका स्थित ऐतिहासिक र धार्मिक स्थलहरु बचाउन मेयर शैलेन्द्र यादवले अभियान थालेका छन । नगरपालिका स्थित धार्मिक र ऐतिहासिक महत्वका स्थलहरुको मर्मत र विकास गर्न सके धार्मिक पर्यटकहरुको संख्या बढाउन सकिने र लोहारपटटीको समग्र आर्थिक विकासमा टेवा पुग्ने भन्दै मेयर

२०७५ माघ २८ सोमबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

महोत्तरी,२८ माघ । जिल्लाको लोहारपटटी नगरपालिका स्थित ऐतिहासिक र धार्मिक स्थलहरु बचाउन मेयर शैलेन्द्र यादवले अभियान थालेका छन । नगरपालिका स्थित धार्मिक र ऐतिहासिक महत्वका स्थलहरुको मर्मत र विकास गर्न सके धार्मिक पर्यटकहरुको संख्या बढाउन सकिने र लोहारपटटीको समग्र आर्थिक विकासमा टेवा पुग्ने भन्दै मेयर यादवले अभियान थालेका हुन ।
अभियानकै क्रममा नगरपालिका क्षेत्र भित्रका सवै धार्मिक महत्वमा स्थलहरुको अनुगमन सुरु गरेका छन । साथै धार्मिक स्थलहरुको डिपिआर निर्माण गरिसकेका मेयर यादवले स्थानियहरुलाई समेत धरोहरहरुको संरक्षण र संबद्र्धनको लागि आग्रह गर्दै जनश्रमदान समेत गर्न र स्थलहरुको संरक्षणमा योगदान दिन आव्हान गरेका छन ।
लोहारपटटी नगरपालिका स्थित गेरुकाधाम,श्रवण गढ, अन्धा अन्धी मन्दिर र रेखामाई स्थानको संरक्षणका साथै स्तोरन्नती गरिने र सो स्थानको व्यापक प्रचार प्रसार गरि पर्यटक भित्र्याउन कार्य सुरु गरिसकेको मेयर यादवको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…