जनकपुर: भारतीय गाडीमा युवकको लास, हेटौडाबाट प्रहरीको 'डग टिम' आउँदै !
युवको नाम, ठेगाना तथा घटना कसरी भएको बारे अहिले खुल्न सकेको छैन, अनुसन्धानपछि मात्र केही भन्न मिल्ने प्रहरीले जनाएको छ ।

२०७५ माघ २० आइतबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २० माघ । एकाविहानै धनुषामा एक युवकको लास एक भारतीय नम्बर प्लेटको गाडीमा भेटिएपछि हलचल नै मच्चियो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर स्थित खेतमा एक भारतीय नम्बर प्लेटको गाडीमा युवकको लासदेखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । राजमार्गदेखि करिब ५० मिटर तल महेन्द्रनगर जाने लोकमार्गमा युवकको लास फेला परेको हो ।
बिआर ०७ पीए ५०८७ नम्बरको चारचक्के गाडीमा एक युवकको लास अलपत्र देखिएपछि खेत गएका स्थानीयवासीहरुले तत्कालै प्रहरीलाई खवर गरेको थियो । खवर पाएलगत्तै घटनास्थल पुगेका धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको सँयुक्त टोलीले घटनास्थलको २०० मिटर चारैतर्फ घेराबन्दी गरेको हो ।
घटनाको प्रकृति हेर्दै प्रदेश प्रहरीको आग्रहमा घटनाको सुक्ष्म अनुसन्धानको लागि हेटौडाबाट डग टोली (प्रशिक्षित कुकुर) अर्थात कुकुर सहितको प्रहरी टोली आउने भएको छ । टोली आएपछि घटनास्थलमा अनुसन्धान सुरु गरिने ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक सरोज राईले जानकारी दिए ।
युवको नाम, ठेगाना तथा घटना कसरी भएको बारे अहिले खुल्न सकेको छैन, अनुसन्धानपछि मात्र केही भन्न मिल्ने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…