दर्जनौँ गरिब परिवारलाई बिजेताको कम्बल
जनकपुरधाम, २० माघ । आर्थिक रुपले पिछिडिएका धनुषाको धनौजी गाउंपालिकास्थित लखौरीका सयौं गरिब परिवारलाई शनिवार एक कार्यक्रमका बिच कम्बल वितरण गरिएको छ । बृहतर जनकपुर क्षेत्र विकास परिषदको सहयोगमा महिला डेभलपमेन्ट धनुषाले १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको हो । गरिब विपन्न परिवारका १ सय ५० जनालाई कम्ब

२०७५ माघ २० आइतबार, बिहान ५:५२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २० माघ । आर्थिक रुपले पिछिडिएका धनुषाको धनौजी गाउंपालिकास्थित लखौरीका सयौं गरिब परिवारलाई शनिवार एक कार्यक्रमका बिच कम्बल वितरण गरिएको छ ।
बृहतर जनकपुर क्षेत्र विकास परिषदको सहयोगमा महिला डेभलपमेन्ट धनुषाले १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको हो । गरिब विपन्न परिवारका १ सय ५० जनालाई कम्बल वितरण गरिएको महिला डेभलपमेन्ट धनुषाकी अध्यक्ष बिजेता झाले जनाएकी छन् ।
कम्बल वितरण कार्यक्रममा सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो । महिला डेभलपमेन्ट धनुषाले यस अघि विभिन्न स्थानमा विद्यार्थीहरुलाई शैक्षिक समाग्री , लता कपडा वितरण गरेका थिए । आगामी दिनहरुमा पनि गरिब असहाय परिवारलाई सहयोग गरिने अध्यक्ष झाले बताईन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…