हर्टअट्याक भएका पूर्वयुवराज पारस घर फिर्ता
काठमाडौँ, १८ माघ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्केका छन् । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । उहाँ

२०७५ माघ १८ शुक्रबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

काठमाडौँ, १८ माघ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्केका छन् ।
हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।
उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उहाँलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…