धनुषाका यी वडाध्यक्षले गरे आफ्नो सबै तलब सुविधा जनतामा बाँडने घोषणा !
वडाध्यक्ष यादवको यस्तो घोषणापछि स्थानीय अन्य जनप्रतिनीधिले समेत पाठ सिक्नुपर्ने बताइएको छ । वडाध्यक्षको यो कदम सराहनीय छ ।

२०७५ माघ १८ शुक्रबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १८ माघ । धनुषाका धनुषाधाम नगरपालिका एक वडाध्यक्षले आफ्नो तलब सुविधा आम जनतामा बाँडने घोषणा गरेका छन् ।
धनुषाधाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजीव यादवले स्थानीय तहबाट उपलब्ध गराईने सरकारी सेवा सुविधा वडाका जनताहरुमा बाँडने घोषणा गरेका छन् । केही दिन अघि मात्र सम्पन्न भएको दोस्रो नगरसभापछि वडाध्यक्ष यादवले यस्तो घोषणा गरेका हुन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै वडाध्यक्ष यादवले भने, - "जनतामा समर्पित छु । सरकारबाट प्राप्त हुने तलब सुविधाहरु आफनो वडाको आम नागरिकमा लगानी गर्नेछु, बाँडने छु । त्यसको लागि शिक्षाा, स्वास्थ्य र स्थानीय बालबालिकाहरु लगानी गर्नेछु ।"
आफू जनताको सेवक भएको भन्दै सरकारले उपलब्ध गराउने अबदेखिको तलब सुविधा उनीहरुमा नै विभिन्न शिर्षक तोकी लगानी गर्ने प्रतिवद्धता जनाए । वडाध्यक्ष यादवले यस्तो घोषणा गरेपछि स्थानीयवासी खुसी भएका छन् भने एक असल स्थानीय जनप्रतिनीधिको परिचय दिएका छन् ।
वडाध्यक्ष यादवको यस्तो घोषणापछि स्थानीय अन्य जनप्रतिनीधिले समेत पाठ सिक्नुपर्ने बताइएको छ । वडाध्यक्षको यो कदम सराहनीय छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…