कर्मचारी मँचको स्थापना दिवसमा मन्त्री मण्डलकोे वृक्षारोपण
जनकपुरधाम, १७ माघ । नेपाल मधेसी निजामती कर्मचारी मंचको स्थापना दिवसको उपलक्ष्यमा जनकपुरधाममा वृक्षारोपण गरिएको छ । मधेशका उधोग, पर्यटन, वन तथा बाताबरण राज्य्मन्त्री सुरेश कुमार मण्डलको विशेष उपस्थितिमा जनकपुरधामको पर्यावरणलाई मध्यनजर गर्दै वृक्षारोपण गरिएको हो । दिनानुदिन बढदै गएको प्रदुषणले जनकपुरक

२०७५ माघ १७ बिहीबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १७ माघ । नेपाल मधेसी निजामती कर्मचारी मंचको स्थापना दिवसको उपलक्ष्यमा जनकपुरधाममा वृक्षारोपण गरिएको छ ।
मधेशका उधोग, पर्यटन, वन तथा बाताबरण राज्य्मन्त्री सुरेश कुमार मण्डलको विशेष उपस्थितिमा जनकपुरधामको पर्यावरणलाई मध्यनजर गर्दै वृक्षारोपण गरिएको हो । दिनानुदिन बढदै गएको प्रदुषणले जनकपुरको पर्यावरणलाई बचाउनको लागि मन्त्री मण्डलको विशेष उपस्थितिमा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा वृक्षारोपण गरिएका हो ।
क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी सुरेश शर्माको नेतृत्वमा निजामती कर्मचारी युनियन संघ धनुषाका सचिब तैयब राइन, सिबिए धनुषाका सदस्य धनेश्वर यादव लगायत अन्य व्यक्तित्वको उपस्थितमा उक्त वृक्षारोपण कार्यक्रमलाई मूर्तरुप दिएको हो ।
सो कार्यक्रममा प्रदेश नं. २ का वन राज्यमन्त्री सुरेश मण्डलले हरेक तह तप्काबाट जनकपुरलाई हरियाली एवम् पर्यावरण बचाउनको निम्ती गरिएको प्रयासलाई सराहनीय बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…