जनप्रतिनीधिहरु एकजुट भए नगरपालिका नमुना बन्छ : उपमेयर माथेमा
जनकपुरधाम, १४ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाले जनप्रतिनीधिहरु एकजुट भएर काम गरे नगरपालिका नमुना नगरपालिका बन्ने बताएकी छन् । क्षीरेश्वरनाथ नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार संचालन तथा बजेट योजना तर्जुमा सम्बन्धी तिन दिने तालिमको समापन क्रममा

२०७५ माघ १४ सोमबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

जनकपुरधाम, १४ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाले जनप्रतिनीधिहरु एकजुट भएर काम गरे नगरपालिका नमुना नगरपालिका बन्ने बताएकी छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार संचालन तथा बजेट योजना तर्जुमा सम्बन्धी तिन दिने तालिमको समापन क्रममा उपमेयर माथेमाले नगरपालिकाका जनप्रतिनीधि , आम जनता र कर्मचारी एकजुट भई काम गर्नुपर्ने बताइन् ।
जनकपुरधामको मुजेलिया स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्रमा शुक्रवार देखि सुरु भएको उक्त तालिम आईतबार समपन्न भएको छ । कार्यक्रम समापन गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना श्रेष्ठ(माथेमा)ले नगरलाई कसरी राम्रो बनाउने र जनताले अपेक्षा गरे अनुसार विकासका कार्यक्रमहरूलाई सबै जनप्रतिनिधिहरु एकजुटभई अगाडि बढाउनु पर्ने बताइन ।
उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर अगाडि बढेमा नगरपालिका नमूना बन्ने बताए । नेपालको संघीय व्यवस्था अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको ऐन, कानून र अन्तरसम्बन्ध तथा स्थानीय तहका पदाधिकारीको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउने उदेश्यले नगरपालिकाले तालिमको अयोजना गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले जनाए ।
तालिममा १० वटै वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…