अपांगतायुक्तलाई ह्विल चियर
जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२ नं वडाका ३० बालबालिकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामि

२०७४ पुस ४ मंगलबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२ नं वडाका ३० बालबालिकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले जानकारी दिनुभयो । ती ह्विल चियरको न्यूनतम मूल्य रु १५ हजारदेखि ३० हजारसम्म पर्ने बताइएको छ । संस्थाले यही पुस ५ गते महानगरका अन्य वडामा पनि थप ३० ह्विल चियर वितरण गर्ने छ ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्रीले अपांगयुक्त बालबालिकाको लागि संस्थाले असल काम गरेकामा सराहना गर्दै यस्ता कार्यमा होस्टेमा हैसे गर्न समन्वय समिति तयार रहेको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…