जनकपुरमा मोटरसाईकल र ट्रयाक्टर ठोक्किदा एक गम्भिर
जनकपुरधाम, १२ माघ । जनकपुरमा शनिबार साँझ मोटरसाईकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा १ जना गम्भिर घाईते भएका छन् । शनिबार साँझ करिब ६ः२० बजेको समयमा धनुषाको तारापट्टिबाट जनकपुर तर्फ आउँदै गरेको ज ९ प ५०२९ नम्बरको मोटरसाईल तथा विपरित दिशातर्फबाट गईरहेको ना ४ त ४७०१ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएपछि म

२०७५ माघ १२ शनिबार, राति ८:१८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १२ माघ । जनकपुरमा शनिबार साँझ मोटरसाईकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा १ जना गम्भिर घाईते भएका छन् ।
शनिबार साँझ करिब ६ः२० बजेको समयमा धनुषाको तारापट्टिबाट जनकपुर तर्फ आउँदै गरेको ज ९ प ५०२९ नम्बरको मोटरसाईल तथा विपरित दिशातर्फबाट गईरहेको ना ४ त ४७०१ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा सवार चालक र पछाडी बसेको एक जना सहित दुई जना घाईते भएका छन् ।
मुजेलिया मोडदेखि बेँगा जानेबाटोमा विनोद क्रसर नजिकै उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै सबारी एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा सबारमध्ये चालक गम्भिर घाईते तथा पछाडी बसेका एक युवक मध्यम घाईते भएको छ ।
गम्भिर घाईते हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष २८ का अजय ठाकुर र अन्य एक जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा पुरयाएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…