विद्युत लापरवाही : मात्र ९ मिटर माथि थियो ११ हजार भोल्टको तार अनि भयो यत्रो दुर्घटना !
विद्युत प्राधिकरणले कुनै प्रकारको ध्यान नदिएकै कारण शुक्रबार ६ जनाको ज्यान गएको तथा १० जना घाईते भएको
२०७५ माघ १२ शनिबार, दिउँसो १२:२० बजे५ मिनेट पढाइ
विद्युत प्राधिकरणले कुनै प्रकारको ध्यान नदिएकै कारण शुक्रबार ६ जनाको ज्यान गएको तथा १० जना घाईते भएको
२०७५ माघ १२ शनिबार, दिउँसो १२:२० बजे५ मिनेट पढाइ

जनकपुरधाम, १२ माघ । शुक्रबार साँझ धनुषाको सबैलामा भएको ठुलो जनधनको क्षति विद्यतु प्राधिकरणको लापरवाहीले भएको हो ।
शुक्रबार साँझ ७ ३० बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नं. ४ बल्टिया कोठियामा जन्ती बोकेको बसमा ११ हजार भोल्ट प्रवाहित तार छोएपछि घटनास्थलमै ५ जनाको मृत्यू भएको थियो भने एक जनाको उपचारको लागी लैजाँदै गर्दा बाटोमै मृत्यू भएको थियो ।
बल्टिया देखि जरहिया जाने बाटो जन्ती चढेको बसको छत उपर राखिएको जस्ताको ट्रंकमा ११ हजार भोल्टको तार छोएपछि ठुलो जनधनको क्षति भएको हो
। सबैला नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विशेश्वर ठाकुरका अनुसार जमिनदेखि ९ मिटर माथि मात्र विद्युत्तको ११ हजार भोल्टको तार माथि पार्नको लागि विद्युत प्राधिकरणलाई निवेदन गरेपछि लापरवाही गरेको बताए ।
विगत ३ महिनादेखि नै कुनै कुनै बेला तार सर्ट सर्किट भएर आगो समेत लाग्ने गरेको भन्दै विद्यतु प्राधिकरणलाई बारम्बार जानकारीका साथै ध्यानाकर्षण गराउँदै आएको थियो तर विद्युत प्राधिकरणले कुनै प्रकारको ध्यान नदिएकै कारण शुक्रबार ६ जनाको ज्यान गएको तथा १० जना घाईते भएको बताए ।
बसको उचाई सहित ट्रन्कको उचाईले पनि तारमा छोएको बताइएको छ । जन्ती बोकेको बसको छत उपर राखिएको जस्ताको ट्रन्कले गर्दा पनि यो घटना भएको बताईएको छ ।
विधुत प्रधिकरणको कर्मचारीको लापरवाहीका कारण करेन्ट लागेर ज्यान गएको भन्दै स्थानीय बासिन्दाहरुले नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालयमा समेत जानकारी गराइसकेका छन् । ११ हजार भोल्टको करेन्ट लागेर ६ जनाको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरण कर्मचारीको लापरवाहीले भएको भन्दै स्थानीयवासीहरु आक्रोसित भएका छन् ।
धनुषा जिल्लाको सबैला नगरपालिका स्थित बल्टिया कोठियामा ना.५ ख. १७५२ नम्बरको जन्ती बोकेको बस विजुली प्रवाह भईरहेको ११ हजार भोल्टको तारमा हुँदा बस सवार जन्ती मध्ये ६ जना जन्तीको घटनास्थलमै मृत्यु भएको हो ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको जीतपुर टोलबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको बसले ११ हजार भोल्टको तार छोएपछि बसभरि नै करेन्ट प्रवाह भएर बसमा सबारमध्ये ६ जनाको मृत्यू भएको छ भने अन्य जन्तीहरु गम्भिर घाईते भएका छन् ।
जनकपुरधाम, ११ माघ । धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जना जन्ती (बाराती) को घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा विजुलीको पोलमा प्रवाह भईरहेको ११ हजार भोल्टको तार ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसमा छुँदा घटनास्थलमै ६ जना जन्तीको मृत्यू भएको प्रारम्भिक खवर प्राप्त भएको छ ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको जीतपुर टोलबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको बसले ११ हजार भोल्टको तार छोएपछि बसभरि नै करेन्ट प्रवाह भएर बसमा सबारमध्ये ६ जनाको मृत्यू भएको तथा अन्य जन्तीहरु गम्भिर घाईते भएको प्रहरीलाई उदृत गर्दै हाम्रा धनुषा सहकर्मी विनय कुमार यादवले घटनास्थलबाट जानकारी दिएका छन् ।
सबैला करेन्ट घटनाको अपडेट : सो घटनामा सुरुमा ९ जनाको मृत्यू भनेपनि अधिकारीक पुष्टि भने ६ जनाको सनाखत सहित भएको छ । बसमा करेन्ट प्रभाव भईरहँदा ६ जनालाई निकालिएको तथा अन्य ३ जना त्यस बखत बेपत्ता हुँदा जन्तीको बयानको आधारमा ३ जना बसभित्रै जलेको हुन सक्ने आधारमा प्रहरीले पनि सुरुमा ९ जनालाई उदृत गरेको थियो । घटनाको पूर्ण विवरण र अनुसन्धानपछि ६ जनाको अधिकारीक पुष्टी गरिएको हो ।
जनकपुरधाम, ११ माघ । धनुषामा शुक्रबार (आज) साँझ भएको दुःखद् घटनामा परी ६ जनाको मृत्यू भएको धनुषा प्रहरीले पुष्टि गरेको छ ।
धनुषाको सबैला नगरपालिकाको वडा नं. ८ बल्टिया कोठियामा जन्तीबाट घर फर्किन लागेको बसमा ११ हजार भोल्ट प्रवाह हुँदै गरेको विजुलीको तार छोएपछि ६ जना छटपटाएर जल्दै ज्यान गुमाएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
आज भएको सो घटनामा सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. ९ को जीतपुर टोलका अन्दाजी वर्ष ९ का आक्रोस कुमार, अन्दाजी वर्ष २२ की पूजा अधिकारी, अन्दाजी वर्ष ३५ की रेशम कुमर, अन्दाजी वर्ष ३० की लिला अधिकारी सहित एक ११ वर्षे बालकको तत्कालै घटना स्थलमै मृत्यू भएको प्रहरीले पुष्टि गरेको हो ।
बेहुला लिएर जानेक्रममा जन्ती बोकेको दुई वटा बसमा ११ हजार भोल्ट प्रवाह हुँदै गरेको तारमा बसको छत छोएपछि घटना भएको प्रहरीले जनाएको छ ।
साँझ करिब ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा विजुलीको पोलमा प्रवाह भईरहेको ११ हजार भोल्टको तार ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसमा छुँदा घटनास्थलमै ९ जना जन्तीको मृत्यू भएको प्रारम्भिक खवर प्राप्त भएपनि जिल्ला प्रहरी कार्यालय धनुषाले ६ जनाको मृत्यूको पुष्टि गरेको हो ।
ना ५ ख १७५२ र बा १८ च ५१७५ नम्बरको बसमा सवार करिब ६० जन्ती मध्ये करेन्ट लागेपछि बसबाट भागेका थिए भने बाँकी ६ जनाले त्यही घटनास्थलमै दम तोडेका थिए । करेन्ट लागेपछि उनीहरुको अधिकांश शरिर जलेको थियो भने राम बाबु अधिकारीलाई उपचारको लागि अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले ९ जनाको मृत्यू भएको हुन सक्ने अनुमानित बयान प्रत्यक्षदर्शी तथा जन्तीलाई उदृत गर्दै प्रारम्भिक अपुष्ट जानकारी दिएका थिए । घटनाको मुचुल्का पछि प्रहरीले ७ जनाको मृत्यूको पुष्टि सहित सनाखत समेत गरेका छन् ।
बसमा सबार मध्ये अन्य भागेको र घाईतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको तथा औषधी उपचारको समुचित व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत शनिबार साँझ मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नंं. १२ कुवारामपुर स्थित दुई युवकको ११ भोल्टको तारमा मोटरसाईकल छोएपछि घटनास्थलमै मृत्यू भएको थियो ।
११ हजार भोल्टको तारमा करेन्ट लागेर ६ दिनको अन्तरालमा ८ जनाको मृत्यू भएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
न्यूज हाईलाईट
१ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१४ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१७ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१८ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२२ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा२३ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…