जनकपुरमा करेन्ट लागेर मृत्यू भएका घरमा मधेश सरकार
पीडित परिवारको घरमा पुगेर मधेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा

२०७५ माघ १० बिहीबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १० माघ । गत शनिबार जनकपुरको कुवा रामपुरमा करेन्ट लागेर मृत्यू भएका मृतकहरुको घरमा मधेश सरकार पुगेका छन् ।
विहिबार विहानै मधेश सरकारको तर्फबाट भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल र प्रदेश साँसद परमेश्वर साह सहितको टोली पीडित परिवारको घरमा पुगेर मधेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
विद्युत प्राधिकरणको लापरवाहीका कारण मधेशको दुई होनहार युवक गुमाएको भन्दै मधेश सरकारले उनीहरुको परिवारलाई सानो सहयोग स्वरुप एक एक लाख रुपैयाँ राहतको घोषणा गरेको सहकर्मी देवनारायण मण्डलले जानकारी दिए ।
गत शनिबार विद्यतु कार्यालयको लापरवाहीका कारण दुई जनाको ज्यान थियो भने एक जना गम्भिर घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा स्थित धनुषा मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीका परमेश्वर मण्डल र सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ४ थलहाका २६ वर्षिय जगरनाथ साहको घटनास्थलमै करेन्ट लागेर मृत्यू भएको थियो ।
यता, उक्त घटनामा परी सिरहा विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भएका छन् । उनको अवस्था भने अहिले समान्य बन्दै गएको बुझिएको छ । जग्गा निरिक्षण गर्ने क्रममा ज। ९ प ७७०९ नम्बरको मोटरसाईकलको लेगगार्ड ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको अर्थिङ्ग तारमा टाँसेपछि छटपटाई रहेको अवस्थामा जगरनाथ साहले बचाउन खोज्दा उनको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
सम्बन्धित समाचारहरु
जनकपुरमा करेन्ट लागेर दुई व्यापारीको घटनास्थलमै मृत्यु, एक जना गम्भीर !
जनकपुरको विद्युत प्राधिकरण कार्यालय घेराउ
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…