जनकपुरमा करेन्ट लागेर दुई व्यापारीको घटनास्थलमै मृत्यु, एक जना गम्भीर !

उक्त घटनामा परी सिरहा विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भएका छन् ।

२०७५ माघ ५ शनिबार
बेलुकी ७:१२ बजे
शम्भु पण्डित


जनकपुरधाम, ५ माघ ।  जनकपुरमा शनिबार विद्यतु कार्यालयको लापरवाहीका कारण दुई जनाको ज्यान गएको छ भने एक जीवन र मृत्यूबीच जुधिरहेका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा स्थित दुई जग्गा व्यापारीलाई करेन्ट लागेर मृत्यू भएको हो । दिउँसो करिब पौने ४  बजे जनकपुरधाम १२ कुवारामपुर स्थित नारी विकास केन्द्र नजिक रहेको पोलको अर्थिङ्ग तारमा टाँसिएर सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ४ थलहाका २६ वर्षिय जगरनाथ साह र धनुषा मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीका परमेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


यता, उक्त घटनामा परी सिरहा विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भएका छन् । उनको अवस्था भने अहिले गम्भिर रहेको प्रहरीले जनाएको छ । 

 

मृतक दुबैजना जग्गा व्यापारी रहेको र जग्गा निरिक्षण गर्ने क्रममा ज. ९ प ७७०९ नम्बरको मोटरसाईकलको लेगगार्ड ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको अर्थिङ्ग तारमा टाँसेपछि छटपटाई रहेको अवस्थामा अर्का जग्गा व्यापारीले बचाउन खोज्दा उनको पनि घटनास्थलमै मृत्यु भएको  प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


यता, जिल्ला प्रहरी कार्यालयले घटनाको छानवीन भइरहेको जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमै पहिलो पटक नैना हस्पिटलमा दुरबिनबाट महिलाको अप्रेशन गर्ने

  • २०७५ माघ ५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा दुरबिन माध्यमबाट महिलाको अप्रेशन गर्ने भएको छ ।  जनकपुरको रामानन्दचोकस्थित रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलो

पूरा पढ्नुहोस्

Bureau Menus