गुणस्तरीयहिन काम गरेको भन्दै स्थानीयवासी गरे कामकाज अवरुद्ध
रौतहट, ७ माघ । रौतहटको गौर नगरपालिकामा सडक बनाउन ठेक्का पाएका कन्ट्रक्सन कम्पनीले गुणस्तरहिन र कमशल सामाग्री प्रयोग गरेको भन्दै स्थानीय सिसवाबासी आक्रोशित हुदै काम अबरुद्ध गरेका छन् । सघन सहरी भवन निर्माण आयोजना पर्साद्धारा रौतहटको गौर नगरपालिकामा निर्माणाधिन कार्यहरु गुणस्तरहिन भईरहेको आरोप लगाउदै

२०७५ माघ ८ मंगलबार, दिउँसो ३:३८ बजे३ मिनेट पढाइ

रौतहट, ७ माघ । रौतहटको गौर नगरपालिकामा सडक बनाउन ठेक्का पाएका कन्ट्रक्सन कम्पनीले गुणस्तरहिन र कमशल सामाग्री प्रयोग गरेको भन्दै स्थानीय सिसवाबासी आक्रोशित हुदै काम अबरुद्ध गरेका छन् ।
सघन सहरी भवन निर्माण आयोजना पर्साद्धारा रौतहटको गौर नगरपालिकामा निर्माणाधिन कार्यहरु गुणस्तरहिन भईरहेको आरोप लगाउदै स्थानीय बासिन्दाहरु कामकाज गर्न अवरुद्ध बनाएका हुन् । सघन सहरी कार्यक्रम अन्तर्गत झण्डै दुई अर्व भन्दा बढीको प्रोजेक्ट रौतहटको गौर नगरपालिकामा स्वचन्द÷ढुकुछु÷आश्रय ज्वाइन्ट भेन्चर बसुनधराले निर्माणको गर्न ठेक्का सकार गरी गत बर्ष देखि नै कार्य गरिरहेका छन् ।
जसलाई निर्माणकै क्रममा गौर नगरपालिकाको वडा नम्वर ९ बाट वडा नम्वर ७ लाई जोड्ने सड्कमा निर्माण भईरहेको पक्कि पुलमा अनियमित ढंगबाट ढलानको कार्य भईरहदा स्थानीय बासिन्दाहरु उक्त कार्यलाई अवरुद्ध बनाएको स्थानीय प्रमोद साहले बताए ।
पुलको वेस तयार गर्न इष्टिमेटमा ४० एमएम डाउन गिटीको साइज हुनुपर्नेमा त्यो भन्दा दोब्बर ठूलो साइजको गिटी प्रयोग गरेको, डण्डीको ज्वाइन्टमा ठूलो ग्याप रहेको, स्थानीय खोलाको बालुवा प्रयोग गरेको पाइएपछि हामी कामकाज रोकेका हौं– साहले बताए ।
जनताको प्रत्यक्ष सरोकार रहेको बाटोघाटो, पुलपुलेसा जस्तो सम्बेदनशिल विषयमा ख्याल ठट्टा गरी आफू खुशी निर्माण पक्षबाट कमसल एवं गुणस्तहिन पुल बनाइरहदा सम्बन्धित निकाय समेतको मौनता पश्चात बाध्य भएर काम अवरुद्ध गर्नुपरेको स्थानीय लक्ष्मण झाको भनाई छ ।
स्थानीयहरुको आग्रहमा निर्माण स्थल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ का सदस्य तथा युवा नेता शम्भु साह कानुले समेत निर्माण कार्य गुणस्तरहिन भइरहेको आरोप लगाए ।
पुलको वेस ढलानमा ठूला ठूला गिटीहरु प्रयोग भईरहेको देखाउदै यस्ता गिटी, बालुवा र गुणस्तरहिन सिमेन्टबाट तयार हुने पुल कतिको दिगो होला रु उनले प्रश्न गरे । नगरबासीको सुरक्षालाई समेत ध्यान नदिई आफनो कार्य सम्पन्न गर्ने दाउमा जस्तो सुकै कार्य गरेर अघि बढिरहेका निर्माण पक्षधरलाई स्थानीय तहका प्रमुख सहित सघन सहरी निर्माण कार्यालयको संलग्नतामा यस्ता पुल निर्माण भईरहदा जनताले अवरुद्ध बनाएको बताए ।
सघन सहरी भवन निर्माण आयोजना पर्साको प्रमुख रेखदेशमा निर्माण भईरहेको बाटो, पुल, नाला, लगायतका पोखरी र बरहवा ताल सौन्दर्यीकरण कार्य आश्रय निर्माण सेवाको पूर्ण स्वामित्वमा भईरहेको छ तर निर्माण भएको कार्यहरु अति नै कमसल गुणस्तरहिन रहेको आरोप लगउदै युवा नेता साहले बाटोको स्ट्राम्चर खडागर्दा ९ इन्च माटो राखेर कम्पेक्सन गरी ६ इन्चमा ल्याउनुपर्ने भएपनि बाटोमा कम्पेक्सन नै नभएको समेत उनले बताए ।
निर्माण कम्पनीका प्रोजेक्ट मैनेजर अजयकुमार गुप्ताले आफू केही महिना अघि मात्रै यस निर्माण कम्पनी संग आबद्ध भएको, पहिला के कसरी भयो मलाई थाहा छैन तर अहिले सुधार भएको बताए ।
बाटो निर्माण हुँदा कम्पेक्सन नभएको स्वीकार गर्दै पुल निर्माणमा प्रयोग भएको गिटीको साइज ठूलो भएको र बालुवा कमसलको हुँदा त्यसलाई हटाएर अर्को बालुवा गिटी लगाउने प्रतिबद्धता जनाएको बताए ।
स्थानीय बासिन्दाहरुलाई यही बसेर गुणस्तरिय कार्य गराउन उनले आग्रह गरे । जानी जानी आफू कमसल एवं गुणस्तरहिन कार्य नगराएको बताउदै यसमा सवै पक्षबाट चासो राखेर काम गराउन समेत अपिल गरे ।
सघन सहरी भवन निर्माण आयोजना पर्साबाट यस प्रोजेक्ट हेर्ने जिम्मेवारी पाएका इन्जिनियर संदिप यादवले पटक पटक निर्माण पक्षलाई पत्राचार गरेर भन्दा पनि अटेर गरी हाम्रो कर्मचारीले भनेको कुरा नमानी जानी जानी काम गलत गरेको बताए ।
स्थानीय बासिन्दाहरुको आग्रहमा काम दुई दिन काम बन्द गराउदा हामीलाई नै पेनाल्टी स्वरुप डेढ लाख दिनुपर्ने निर्माण पक्षबाट पत्र समेत आएको स्पष्ट पारे ।
जनताको प्रत्यक्ष सरोकार संग जोडिएका विषयमा हामी सम्झौता गर्न नसकिने बताउदै यसको लागि माथिल्लो निकायमा पत्राचार गरिने बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…