जनकपुरमा करेन्ट लागेर दुई व्यापारीको घटनास्थलमै मृत्यु, एक जना गम्भीर !
उक्त घटनामा परी सिरहा विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भएका छन् ।
२०७५ माघ ५ शनिबार, बेलुकी ७:१२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ५ माघ । जनकपुरमा शनिबार विद्यतु कार्यालयको लापरवाहीका कारण दुई जनाको ज्यान गएको छ भने एक जीवन र मृत्यूबीच जुधिरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा स्थित दुई जग्गा व्यापारीलाई करेन्ट लागेर मृत्यू भएको हो । दिउँसो करिब पौने ४ बजे जनकपुरधाम १२ कुवारामपुर स्थित नारी विकास केन्द्र नजिक रहेको पोलको अर्थिङ्ग तारमा टाँसिएर सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ४ थलहाका २६ वर्षिय जगरनाथ साह र धनुषा मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीका परमेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, उक्त घटनामा परी सिरहा विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भएका छन् । उनको अवस्था भने अहिले गम्भिर रहेको प्रहरीले जनाएको छ ।
मृतक दुबैजना जग्गा व्यापारी रहेको र जग्गा निरिक्षण गर्ने क्रममा ज. ९ प ७७०९ नम्बरको मोटरसाईकलको लेगगार्ड ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको अर्थिङ्ग तारमा टाँसेपछि छटपटाई रहेको अवस्थामा अर्का जग्गा व्यापारीले बचाउन खोज्दा उनको पनि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालयले घटनाको छानवीन भइरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…