मधेश आन्दोलनको १२ वर्ष !
आन्दोलनको क्रममा करिव ६० जनाको ज्यान गुमाए पनि मधेशको समस्या समाधान न हुनु दुर्भाग्य रहेको छ ।
२०७५ माघ ५ शनिबार, बिहान ९:३४ बजे२ मिनेट पढाइ

माघ ५ गते लहानमा १२ वर्ष पूर्व रमेश महतो शहादत प्राप्त गरेको दिनमा सर्वप्रथम मधेश आन्दोलनमा शहादत प्राप्त गरेका तथा २०७२ सालको मधेश आन्दोलनको क्रममा शहाद्त प्राप्ता गरेका सम्पूर्ण वीर शहीदहरुलाई हार्दिक नमन गर्दछौं ।
हजारौं वीर शहीदहरुका कुर्वानीले तानाशाही राजतन्त्रको अन्त भएतापनि अपुताली खाने राजनैतिक दलका नेताहरुले केन्द्र तथा प्रदेश सरकार गठन भएको करिव एक वर्ष हुन लाग्दा पनि संविधान संशोधन निर्माणको सट्टा जसरी सत्ता प्राप्तिको खेलमा लाकेकोले शान्ति प्रकृया र संविधान लेखनलाई ओझेलमा पार्ने काम सुरु हुन थालेका छन् । त्यो सबैको लागि चिन्तन मननको विषय बनेको छ । आज कस्ले के पाउने भन्दा देशमा उत्पन्न समयस्याको समाधान गरी सबै राजनैतिक दलहरुले आपसी प्रेम र सद्भावलाई बढाउनु पर्दछ ।
तर त्यसको विपरीत कहिले एमाले त कहिले कांग्रेस त कहिले एमाओवादी को विवादस्पद कुराहरुका कारण देश लाई अंधकारमा लग्नु सम्पूर्ण देशवासीको लागि चिन्तन मनन्को विषय बनेको छ ।
वरिष्ठ पत्रकार : राजेश्वर नेपाली (स्वतन्त्र सेनानी) को कमलबाट
अधिकार प्राप्तिकोलाग १२ वर्ष पूर्व ५८ जनाले शहाद दिए पनि मधेशीलाई देशकोको दुई नंवरको नागरिक सरह व्यवहार गर्दे राज्यपक्षद्वारा गरिएको सम्झौतालाई कार्यन्वयन नगरेकोले पुनः २०७२ श्रावण ३१ गतेदेखि मधेशमा भएको आन्दोलनको क्रममा करिव ६० जनाको ज्यान गुमाए पनि मधेशको समस्या समाधान न हुनु दुर्भाग्य रहेको छ ।
लोकतन्त्रमा हरेकलाई आफ्नो कुरा राख्ने ठाउं हुन्छ तर गुट उपगुट र भाग वण्डाको नाममा पांच दशक पूर्व २०३२ सालको पंचायती संविधानमा गाउं फर्क (हार्ड कोड) ले जस्लाई जे चाहे गर्न दिने र नदिने जस्ता कुकृत्य गरेकोले अन्ततः गाउं फर्क मात्र होइन कि बहुदलीय लोकतन्त्र आएको हामीले बिर्सनु हुंदैन ।
तसर्थ हरेक दलहरुले पहिले पार्टीमा आन्तरिक लोकतन्त्र ल्याएर पार्टीहरुलाई टुट फूटबाट जोगाउनु पर्दछ । जनआन्दोलन र मधेश आन्दोलनको उपलब्धिलाई सबैले संस्थागत गर्न इमान्दारीपूर्वक लाग्नु पर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
राजेश्वर नेपाली
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…