धनुषाको 'मकर मेला' मध्यनजर गर्दै बृहत सरसफाई
धनुषा, ४ माघ । तराई मधेशकै ऐतिहासिक मेलाको रुपमा लाग्ने गरेको धनुषाको धनुषाधामको मकर मेला लाई मध्यनजर गर्दै सरसफाईलाई निरन्तरता दिएको हो । धनुषाको प्रसिद्ध मेला मकरमेला मध्य नजर गर्दै धनुष मन्दिर लगायत बजार परिसर भित्र सरसफाइ गरिएको हो । मेला स्थानीय तहमा आउँदा यसपाली सरसफाइमा जोड दिएका छ्न् ।सो कार

२०७५ माघ ४ शुक्रबार, राति ९:२९ बजे१ मिनेट पढाइ

धनुषा, ४ माघ । तराई मधेशकै ऐतिहासिक मेलाको रुपमा लाग्ने गरेको धनुषाको धनुषाधामको मकर मेला लाई मध्यनजर गर्दै सरसफाईलाई निरन्तरता दिएको हो ।
धनुषाको प्रसिद्ध मेला मकरमेला मध्य नजर गर्दै धनुष मन्दिर लगायत बजार परिसर भित्र सरसफाइ गरिएको हो । मेला स्थानीय तहमा आउँदा यसपाली सरसफाइमा जोड दिएका छ्न् ।सो कार्यक्रममा धनुषाधाम नगर प्रमुख बालेश्वर मण्डल, नगरपालिका वडा नं. १ का वडाध्यक्ष बिश्वनाथ यादव , वडा नं. २ का वडाध्यक्ष प्रभू नारायण साह, नपा स्वास्थ्य संयोजक शैलेन्द्र यादव, ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक हिरन कुमार यादव र शस्त्र प्रहरी बेश क्यामप सर्साका टोली सहित ब्राईट फुयचर कोचिङ्गका बिद्यार्थीहरु लगायत नगरपालिका कर्मचारीहरु को उपस्थितमा सरसफाइ गरिएको हो ।
धनुषाधाम प्रहरी निरक्षक हिरन कुमार यादवको विशेष पहलमा उक्त सरसफाई गरिएको हो । मकर मेलामा कुनै किसिम उच्छृँगल गतिविधि गर्नेलाई छुट न दिने भन्दै व्यापक रुपमा प्रहरी परिचालन गर्ने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…