धनुषामा क्लब उद्घाटनको उपलक्ष्यमा २ सय ८० बालबालिकालाई कापी कलम
जनकपुरधाम, २ माघ । धनुषामा एक क्लबको उद्घाटन समारोहको खुसीयालीमा स्थानीय बालबालिकाहरुलाई कापी र कलम वितरण गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठियनमा क्लब उदघाटनको उपलक्ष्यमा २ सय ८० विद्यार्थी लाई कापि र कलम बितरण गरिएको हो । वडा नं. ९ भठिहनमा क्लब न्यु शिव शक्ति युवा क्लबको उद्घघाटन समारो
२०७५ माघ ३ बिहीबार, बिहान ६:१३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २ माघ । धनुषामा एक क्लबको उद्घाटन समारोहको खुसीयालीमा स्थानीय बालबालिकाहरुलाई कापी र कलम वितरण गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठियनमा क्लब उदघाटनको उपलक्ष्यमा २ सय ८० विद्यार्थी लाई कापि र कलम बितरण गरिएको हो । वडा नं. ९ भठिहनमा क्लब न्यु शिव शक्ति युवा क्लबको उद्घघाटन समारोहको उपलक्ष्यमा बुधबार वडास्थित रहेको समुदायिक शेखर जनचेतना प्राथमिक विद्यालयका छात्रछात्राहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।
अध्ययन गर्ने र विद्यार्थी लाई उत्साह बढाउनको लागि कक्षा १, २, ३, ४ र ५ कक्षाको विद्यार्थहरुलाई कापी र कलम वितरण गरिएको हो । क्लबका अध्यक्ष उदयशँकर साहको अध्यक्षता तथ प्रदेश सभा सदस्य क्षेत्र नं. १ (क) धनुषाका किशोरी साह कमलको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन सत्रमा कलिला छात्रछात्राहरुलाई कापी कलम वितरण गरिएको छ ।
सो कार्यक्रममा सबैला नगरपालिकाक प्रमुख विजय शंकर प्रसाद साह, उप प्रमुख निलु देवि कापर, लगायतका राजनितिक दलका प्रतिनीधि , सरकारी कर्मचारी, बिद्यार्थी, सर्वसाधारण बुद्धिजीवीहरुको उपस्थित रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…