मुसहर समुदायका लागि सुविधा सम्पन्न भवन निर्माण हुँदै
राजविराज, ३ पुस : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको आज एक समारोह बिच शिलान्यास गर्नुभयो । न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि क

२०७४ पुस ४ मंगलबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

राजविराज, ३ पुस : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको आज एक समारोह बिच शिलान्यास गर्नुभयो ।
न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।
दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब रु तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ ।
बाढीबाट प्रभावित/पिडित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छ ।
बाढीबाट जोगिनका लागि भवनको तलबाट पानी बग्ने गरि निर्माण गर्न लागिएको प्राबिधिकले बताएका छन ।
सो अवसरमा अध्यक्ष यादवले राष्ट्र, राष्ट्रियता र जनताप्रति संचारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउदै समाजिक बिकृति र विसंगतिका विरुद्ध संचारमाध्यमले समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…