डा. सिके राउत पक्राउ परेको आज १०० दिन, 'मधेश संगीत' विमोचन
गीत मार्फत मधेश र मधेशी उपर राज्यद्धारा हुँदै आएको विभेदलाई दर्शाइएको छ ।

२०७५ माघ १ मंगलबार, राति ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत पक्राउ परेको १००औं दिनमा मधेश (स्वराज) संगीत नामक एल्बम विमोचन गरिएको छ ।
डा. राउत पक्राउ परेको १००औं दिन तथा माघे संक्रान्तिको अवसर पारी गठबन्धनद्धारा सिरहाको सन्हैठामा आयोजित एक कार्यक्रमबीच स्वराज एल्बमको विमोचनसँगै खिचडी महोत्सवसमेत भव्यताका साथ मनाइएको छ ।
विमोचन गरिएको उक्त एल्बममा 'मै मधेशी हुँ, अल्लाह मेरे मौला मेरे सुन रहा है न तु, एरि उठाक ताईक रहल छि कहिया औतै स्वराजी, तोरा हितमे नै भेलौ संविधान सुन हो मधेशी जवान र आजादी मागने आया हुँ मै आपसे' गरी जम्मा पाँचवटा गीत रहेको छ ।
एल्बमका गीतमा राजकुमार त्यागीको संगीत रहेको छ भने तेजु मैथिल, गणेश मण्डल, राजकुमार त्यागी, निलम राज र रोहित मण्डलको स्वर सजाइएको छ । स्वराजको यात्रामा सहयोग पुग्ने उद्देश्यले गीत बनाइएको हो ।
गीत मार्फत मधेश र मधेशी उपर राज्यद्धारा हुँदै आएको विभेदलाई दर्शाइएको छ ।
कार्यक्रमका वक्ताहरुले स्वराज आन्दोलनको प्रथम सहिद राम मनोहर यादवको परिवारलाई हालसम्म न्याय नमिलेको भन्दै आपत्ति जनाएका छन् ।
एल्बमका संगीतकार राजकुमार त्यागीको अध्यक्षतामा सम्पन्न समारोहमा गैर आवासीय मधेशी संघ (एनआरएमए) अमेरिकाका अध्यक्ष ईन्द्रजीत यादवले प्रमुख आतिथ्य ग्रहण गरेका थिए भने गठबन्धनका कार्यकर्ताहरु भारी संख्यामा सहभागी थिए ।
कार्यक्रम सञ्चालन गठबन्धनका स्वराजी दिपेन्द्र यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…