धनुषाको सबैलामा मृत भेटिए महिला, शव नजिकै भेटिए यी वस्तु पनि !
मृतकको शव नजिकै विषको बट्टा समेत फेला परेको भन्दै खातुन आत्महत्या गरेको हुनुपर्ने अनुमान गरिएको छ ।
२०७५ पुस ३० सोमबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ३० पुस । धनुषामा एक महिला मृत अवस्थामा बेबारिसे फेला परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा सोमबार (आज) अपरान्ह एक महिला मृत अवस्थामा फेला परेको हो । आईतबारदेखि बेपत्ता भएकी सबैला नगरपालिका वडा नं. १० खरिहानी बस्ने अन्दाजी बर्ष ६० की रसिदा खातुनको शव बरामद प्रहरीले गरेको हो ।
सबैला वडा नं. १२ रघुनाथपुर स्थित बेबारिसे अवस्थामा रहेको शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । जानकारी पाएलगत्तै घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक अबध लाल यादवको टोलीले घटनास्थलको मुचुक्लका उठाउँदै शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जानकारी दिएका हुन् ।
खरिहानी बस्ने समसुल धुनियाकी श्रीमति खातुन आईतबार अपरान्ह घरबाट परिवारिक झगडाले गर्दा बाहिर भागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मृतकको शव नजिकै विषको बट्टा समेत फेला परेको भन्दै खातुन आत्महत्या गरेको हुनुपर्ने अनुमान गरिएको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…