मन्त्रीबाट कुटिएका सचिव अस्पतालमा
घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समितिले अनुसन्धान सुरु गरिसकेको छ ।

२०७५ पुस ३० सोमबार, दिउँसो ३:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का अर्थमन्त्री विजय कुमार यादवबाट कुटिएका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पतालमा उपचार गराईरहेका छन् । मन्त्रीको कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा आइतवार रातिदेखि नै आस्पतालमा भर्ना छन् ।
उनी जनकपुरस्थित केयर नर्सिंङ होममा उपचाररत छन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाले बताए । उनको हत्केलामा ब्यान्डेज गरिएको छ ।
शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले जनाए । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाको दुखेसो छ ।
आफूले भनेको एनजीओमा कार्यक्रम नपर्दा सचिव झालाई मन्त्री यादवले आइतवार आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।
यता, प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरेको छानविन समितिले अनुसन्धान सुरु गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…