'नगर स्वच्छता अभियान' हाम्रो प्राथमिकतामा छ : मेयर बरबरिया
स्थानीय व्यापारीले निरन्तर साथ दिँदै हातोमालो गरेका छन् ।

२०७५ पुस २७ शुक्रबार, बेलुकी ६:५८ बजे२ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस । मुलुकको कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले नगर स्वच्छता अभियान नगर कार्यपालिकाको प्राथमिकतामा रहेको बताएका छन् ।
विकासको पूर्वाधारको मूल मन्त्रको रुपमा रहेको स्वास्थ्य तत्वलाई झन मजबुत बनाउको लागि नगर स्वच्छता अभियान सुरु गरेको जनाउँदै उनले पुस २७ गते तेस्रो पटक सरसफाई अभियानलाई मूर्तरुप दिएका छन् । अभियानको तेस्रो साता नगरपालिकाको वडा नं). ३ स्थित रहेको थानाचोक, विद्यालय परिसर र पुलचोकमा वृहत सरसफाई गरिएको छ ।
मेयर बरिबरियाले चलाएको उक्त स्वच्छता अभियानलाई चारैतर्फबाट प्रशंसा गरिएको छ भने उक्त अभियानमा सहभागी हुनको लागि नगरको विभिन्न ठाउँका आम सर्वसाधारण, व्यापारी, विद्यार्थी, शिक्षक शिक्षिकाहरुले समेत हात बढाएका छन् । मेयरको यो अभियानलाई नगरवासीहरुले समेत सराहना गरेको हो ।

नगरपालिकाको स्वच्छ,सफा र सुन्दर बनाउनको लागि साथै स्मार्ट सिटि परिकल्पनाको तिव्रता दिनको लागि मेयर बरबरिया आफ्नै नेतृत्वमा स्वच्छता सरसफाइको अभियान सुरुवात गरेको हो । मेयर बरबरियालाई यस अभियानमा ईलाका प्रहरी कार्यालय यदूकुहाका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज भिम बहादुर खड्का, शसस्त्र प्रहरी बलका शम्भु कटुवाल, स्थानीय व्यापारीले निरन्तर साथ दिँदै हातोमालो गरेका छन् ।
ईलाका प्रहरी कार्यालय यदुकुहाले समाजिक प्रहरी साझेदारी कार्यक्रमलाई समेत आत्मसात गर्दै मेयर बरबरियाको अभियानमा सघाउँदै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । एउटा नगर सफा भएपछि विकासको गतिमा तिव्रता आउने तथा नगरका जनताले सफा वातावरण, अनुकल वातावरणको आभाष गरोस भन्ने उदेश्यका साथ उक्त अभियान चलाइएको बताइएको छ ।
सप्ताहिक सरसफाइको कार्यक्रम अन्तर्गत पहिलो सप्ताह यदुकूहा प्राथमिक स्वास्थ केन्द्र परिसर, दोस्रो सप्ताह धनुषा जिल्ला लगायत अन्य अरु जिल्लाको व्यपारीहरुको व्यापारिक केन्द्र भएको यदुकूहा बजारलाई सफाई गरिएको थियो।
उक्त सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल यदुकूहा, ईलाका प्रहरी कार्यलय यदुकूहा, स्थानीय व्यापारी, बुद्धीजीवी, जेष्ठ नागरिकदेखि लिएर विद्यार्थी सहित शहिदनगर नगरपालिका नेकपाको युवा नेता रुपेश बिराजि । नगरवासी, युवाहरुको सहभागी रहेको थियो। यो अभियान प्रत्येक शुक्रबार विहान ६ बजेदेखि हुनेछ भने ठाउँ भने प्रत्येक सप्ताह सूचना मार्फत जानकारी गराइनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…