धनुषाधाम प्रहरीद्धारा ५०० लिटर मदिरा नष्ट
धनुषा, २५ पुस । ईलाका प्रहरी कार्यालय धनुषाधामले बुधबार अवैद्य घरेलु मदिरा नष्ट गरेको छ । धनुषाधाम प्रहरीले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा बरामद गरेको अवैद्य ५०० लिटर मदिरा सार्वजनिक रुपमा नष्ट पारेको हो । घरेलु मदिरा सेवनका कारण समाजजिक वातारवणमा असर बढ्दो देखिएपछि प्रहरीले मदिरा नियन्त्रण अभिय

२०७५ पुस २५ बुधबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

धनुषा, २५ पुस । ईलाका प्रहरी कार्यालय धनुषाधामले बुधबार अवैद्य घरेलु मदिरा नष्ट गरेको छ । धनुषाधाम प्रहरीले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा बरामद गरेको अवैद्य ५०० लिटर मदिरा सार्वजनिक रुपमा नष्ट पारेको हो ।
घरेलु मदिरा सेवनका कारण समाजजिक वातारवणमा असर बढ्दो देखिएपछि प्रहरीले मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको ईलाका प्रहरी कार्यालय धनुषाधामका ईन्चार्ज हिरण कुमार यादवले बताए ।
धनुषाधाम नगरपालिका वडा नं। १ का वडाध्यक्ष विश्वनाथ यादव, २ का प्रभु नारायण साह, ३ का राज किशोर साह, ४ का रामपरिक्षण यादव, धनुषाधाम नगरपालिकाका उपप्रमुखकी प्रत्यासी प्रेक्षा मल्ल लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सँचारकर्मी समेतको रोहबरमा उक्त परिमाणको अवैद्य घरेलु मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…