देशमै २४ सय १३ वटा नयाँ स्वास्थ्यचौकी थप्दैछौँ : स्वास्थ्य राज्यमन्त्री यादव
जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीहरुलाई दोस्रो लौटमा राख्ने
२०७५ पुस २४ मंगलबार, बेलुकी ५:४२ बजे२ मिनेट पढाइ

मनिष शर्मा, २४ पुस । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले मुलुकमा कुल २४ सय १३ वटा नयाँ वडामा स्वास्थ्य चौकी थप्ने बताएका छन् ।
स्वाथ्यचौकी प्रमुखको लागि विवाद देशमा चलिरहेको बेला राज्यमन्त्री यादवले वडाहरुमा थप्नेमध्ये यस वर्षमा १२ सय जति बनाउनका लागी चार अर्ब बजेट निकाशा भएको र बाकी दोस्रो लौटमा पूरा बताए । दुई वर्षमा १२ सय स्वास्थ्य चौकी निर्माण गर्ने अघतियारी करिब १५–२० दिन अघि प्रदेश सहरी बिकासलाई दिएको उनको भनाई छ ।
जसमा १४१३ मा जनशक्ती तथा विभिन्न सामग्रीको निकै अभाव भएको र सो आवश्यक्ता पूरा गर्न सरकार समक्ष मागसमेत गरेको उनले जनाएका छन् । जनसंख्याका आधारमा सात हजार भन्दा माथी जनसंख्या भएकोमा कस्तो स्वास्थ्य चौकी बनाउने र सो भन्दा कम जनसंख्या भएकोमा कस्तो बनाउने भन्ने नक्सा पास पनि भईसकेको राज्यमन्त्री यादबले थपे ।
मानव सुचाङ्क तथा जनसंख्याका आधारमा सातै प्रदेशको प्रत्येक जिल्लाबाट नयाँ वडा छानिएको हो । मानव सुचाङ्कमा तल भएका जिल्लाहरुमा बढी स्वास्थ्य चौकी थप्ने भएको राज्यमन्त्री यादबले बताएका छन् । जस्तै प्रदेश–२ को महोत्तरी, सर्लाही र रौतहटमा बढी परेको छ भने मानव सुचाङ्कमा माथी परेका कारण पर्सामा दुई वटा स्वास्थ्य चौकी मात्र परेको छ ।
त्यसैगरी मानव सुचाङ्कमा तल भएकाले महोत्तरीमा सबैभन्दा बढी स्वास्थ्य चौकी थप्ने भएको उनले जनाए । प्रदेश–२ मा चार सय भन्दा बढी चाहिएकोमा यस लौटमा २२६ लिएको हो भने एक सय ९८ देखि दुइृ सय गरी प्रत्येक प्रदेशबाट लिई प्रत्येक जिल्लालाई छोएको यादबले जानकारी दिएका छन् । बाकी जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीहरुलाई दोस्रो लौटमा राख्नेसमेत उनको भनाई रहेको छ ।
वर्तमान समयमा एक सय नौ वटा पालीकामा मात्र अस्पताल रहेको छ भने प्रत्येक पालीकामा करिब १५ बेडको अस्पताल दिने योजना रहेको डा. यादबले बताए । सरकारसंग कुल सात हजार पाँच सय बेड र प्राइवेटमा मात्र १४ हजार बेड रहेका छ भन्ने वल्र्ड हेल्थ ओर्गनाइजेसनका अनुसार ६० हजार बेड आवश्यक देखिएको उनले थपेका छन् । निती अनुसार प्रती हजार जनसंख्यामा एक वटा डाक्टर हुनै पर्ने जसमा चार सय ६५ वडामा डाक्टरको अभाव रहेको छ ।
केन्दि«य स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द« कुमार यादबले बताए अनुसार केन्द«ले मात्र १४ वटा अस्पताल हेर्नै र बाकी प्रदेश र स्थानीय तहले हेर्ने सरकारको निर्णय रहेको छ । साथै जनशक्ती पदपुर्तीका लागी तीनै तहले कर्मचारी भर्ना गर्ने र यो ५ वर्षमा अस्पतालको संख्यामा निकै बृद्धी गर्नुपर्ने समेत उनले बताए ।
नेपाल स्वास्थ्य क्षेत्रमा धेरै पछाडी भएकाले देशभरी प्रत्येक वडामा स्वास्थ्य चौकी दिने निर्णय गरी नेपाल सरकारले सो क्षेत्रमा ठूलो फडको मारेका छन् । स्वास्थ्य मन्त्रालयले मानव सुचाङ्क तथा जनसंख्याका आधारमा देशभरी २४ सय १३ वटा नयाँ वडामा स्वास्थ्य चौकी थप्ने निति पारित गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…