जनकपुरमा आजपनि वृहत सरसफाई
जनकपुरधाम, २४ पुस । सफा जनकपुर, स्वच्छ जनकपुर अभियानलाई तीव्रता दिँदै मँगलबार पनि सफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । मँगलबार विहान एकिकृत बाल क्लब, एलायन्स युवा क्लब र राजपा निकट राष्ट्रिय विद्यार्थी संघको नेतृत्वमा बृहत चेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । जनकपुर नगर स्वच्छता अभियानमा

२०७५ पुस २४ मंगलबार, दिउँसो २:१४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २४ पुस । सफा जनकपुर, स्वच्छ जनकपुर अभियानलाई तीव्रता दिँदै मँगलबार पनि सफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
मँगलबार विहान एकिकृत बाल क्लब, एलायन्स युवा क्लब र राजपा निकट राष्ट्रिय विद्यार्थी संघको नेतृत्वमा बृहत चेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । जनकपुर नगर स्वच्छता अभियानमा सघाउँदै क्लबका पदाधिकारीहरुले बेला बेलामा सरसफाई कार्यक्रमको आयोजना गर्दै आएको हो
क्लबका पदाधिकारी सहित राष्ट्रिय विद्यार्थी संघका पदाधिकारी नेता तथा कार्यकर्ताहरु स्थानीय लगायत करिब २ सय ५० भन्दा बढिको सहभागितामा सरसफाई गरिएको हो । युवाहरुको उक्त सरसफाई कार्यक्रममा हौसला प्रदान गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले समेत झाडु लगाएका थिए ।
सो कार्यक्रममा एलायन्स युथ क्लबका अध्यक्ष ईजाज अन्सारी, राजपा नेपालका कार्यकर्ताहरु किशन साह, प्रशान्त झा, विद्यार्थी नेता रोशन मिश्रा लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…