एसियन मानवअधिकार आयोगले भने -'डा. सिके राउतलाई तुरन्त मेडिकल सुविधा दिनुपर्छ'
गैर कानुनी तवरले हिरासतमा राखिएको ठहर

२०७५ पुस २४ मंगलबार, बिहान ११:३५ बजे४ मिनेट पढाइ
जनकपुरधाम, २४ पुस । झण्डै ३ महिनादेखि प्रहरीको थुनुवामा रहेका डा. सिके राउतलाई तुरुन्त मेडिकल सुविधा तथा सहज उपचारको लागि अपिल गरिएको छ ।
एसियन मानव अधिकार आयोग ( AHRC- Asian Human Right Commission) ले जारी गरेको एक वक्तत्वमा भनिएको छ डा. सी.के. राउतलाई चिकित्सा हेरविचारको अभाव भएको छ । राउतलाई ७ अक्टोबर सन् २०१८ मा प्रहरीले पक्राउ गरेको थियो। चार वर्षीय छोरी सहित रौतहटको जिल्ला अदालतको परिसरबाट जबरदस्ती पक्राउ गरिएको हो ।
डा. राउतको आक्रामक गिरफ्तारी, अवैध हिरासत, अत्याचार, अनावश्यक अपमानजनक र गलत धरौटीद्वारा बारम्बार दुर्व्यवहार गरिएको छ। १८ औ पटकभन्दा धेरै पटक पक्राउ गरेको छ र धेरै महिनादेखि गैरकानुनी सजाय र जेलमा बिताएका छन्, यद्यपि उनी विशेष अदालत र उच्च न्यायालयले सफाई दिएको छ ।
वाक स्वतन्त्रता सबैको भएको भन्दै डा. राउतले दिएको अभिव्यक्ति उनको वाक स्वतन्त्रता भएको जनाउँदै आयोगले उनलाई गैर कानुनी तवरले हिरासतमा राखिएको ठहर गरेको हो । एसियन मानव अधिकार आयोगले जारी गरेको वक्तत्व अँग्रेजीमै जस्ताको त्यस्तै,
The Asian Human Rights Commission (AHRC) strongly objects to the lack of medical care given to Dr. C.K. Raut in custody. Dr. C. K. Raut was arrested by police on 7 October 2018 along with his four-year-old daughter from the premises of the District Court in Rautahat, while appearing in court in the case of sedition.
Dr. Raut has been harassed repeatedly by arbitrary arrests, illegal detention, torture, unnecessary harassments and false charges. His recent arrest is yet another instance of the same. Dr. Raut has now been arrested more than 18 times, and has spent several months in illegal detention and prison, although he has been declared innocent by the Special Court and the Supreme Court on the previous five charges of treason and sedition for his advocacy.

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…