कमलामा पनि फोरमको संगठन विस्तार
धनुषा, २० पुस । आउँदै गरेको संघीय समाजवादी फोरम नेपालको अधिबेशनलाई मध्यनजर गर्दै धनुषाको विभिन्न स्थानमा संगठन विस्तारलाई तिव्रता दिएको छ यसैक्रममा, शुक्रबार धनुषाको कमला नगरपालिकामा फोरमको युवा संगठन विस्तार गरिएको छ । कमला नगरपालिका वडा नं. ८ हरिनेको उपस्वास्थ्य चौकी सोनापाराको प्राङगनमा शुक्रबार

२०७५ पुस २० शुक्रबार, बेलुकी ५:४५ बजे१ मिनेट पढाइ

धनुषा, २० पुस । आउँदै गरेको संघीय समाजवादी फोरम नेपालको अधिबेशनलाई मध्यनजर गर्दै धनुषाको विभिन्न स्थानमा संगठन विस्तारलाई तिव्रता दिएको छ
यसैक्रममा, शुक्रबार धनुषाको कमला नगरपालिकामा फोरमको युवा संगठन विस्तार गरिएको छ । कमला नगरपालिका वडा नं. ८ हरिनेको उपस्वास्थ्य चौकी सोनापाराको प्राङगनमा शुक्रबार समाजवादी युवा फोरम नेपाल १५ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ ।
कमला नगरपालिका वडा नं.८ को वडा अध्यक्ष राजेश्वर मरिक यादव को अध्यक्षतामा भएको भेला लाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल धनुषाको युवा नेता बिनोद रोहिताले कुनै पनि संगठन को मेरुदण्ड युवाहरु भएकोले युवा एकता माथी जोड दिदै संगठन हरुको बिस्तारमा जोड दिए ।
उक्त भेलाबाट उमेश कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय समाजवादी युवा फोरम नेपालको वडा कमिटी गठन भएको जनाएको छ । संगठनको उपाध्यक्षमा बिनोद कुमार मण्डल ,कोषाध्यक्षमा जितेन्द्र यादव , सचिबमा सरोज मरिक यादव , सह सचिबमा रोशन साह सर्व समितिले चयन गरिएको छ ।
सदस्यहरुमा भने, नारद यादव , भरत यादव , दिनेश कुसैत , कौशल यादव , धर्मेशवर यादव ,राम कुमार सल्हैता ,ध्यानी महरा ,सरोज कुमार यादव ,शत्रुधन यादव ,संगिता यादव छनौट भएको हो । कार्यक्रममा वडा सदस्य मनिष कुमार गोइत , वडा सदस्य राम जीवन यादव , ओम प्रकाश मण्डल ,सबध महरा , पप्पु गोइत लगायतका व्यक्तित्व हरुको सहभागिता रहेको थियो ।
कमला नगरपालिकामा समाजवादी युवा फोरम नेपाल गठनका लागि बिन्दी लाल महतो लाई निर्वाचन प्रतिनिधि को जिम्मेवारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…