धनुषाको सबैलामा पनि युवा फोरमको समिति विस्तार
जनकपुरधाम, १८ पुस । संघीय समाजवादी फोरम नेपालको अधिबेशन नजकिदै गर्दा विभिन्न स्थानीय तहमा समिति विस्तारको कार्यक्रमलाई तिव्रता दिइएको छ । फोरमको भागिनी संगठनको रुपमा रहेको समाजवादी युवा फोरम नेपालको प्रथम सबैला नगर अधिवेशनबाट गौरी यादवको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन भएको छ । संघीय समाजवादी फ

२०७५ पुस १८ बुधबार, दिउँसो २:०३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १८ पुस । संघीय समाजवादी फोरम नेपालको अधिबेशन नजकिदै गर्दा विभिन्न स्थानीय तहमा समिति विस्तारको कार्यक्रमलाई तिव्रता दिइएको छ ।
फोरमको भागिनी संगठनको रुपमा रहेको समाजवादी युवा फोरम नेपालको प्रथम सबैला नगर अधिवेशनबाट गौरी यादवको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन भएको छ । संघीय समाजवादी फोरम नेपालका सबैला नगर संयोजक अक्षयकुमार यादवको अध्यक्षतामा सोमबार सबैला नगरपालिका –९ सतोषर स्थित धर्मशालामा आयोजित नगर अधिवेशनबाट ३५ सदस्यीय समिति गठन गरिएको हो ।
अधिवेशनबाट समाजवादी युवा फोरमको सबैला नगर कमिटी अध्यक्षमा गौरी यादव, उपाध्यक्ष संजीव कुमार यादव, सचिव उन्देश्वर राय, सहसचिव दिपेन्द्र यादव र कोषाध्यक्षमा सहिठुला राइनलाई चयन गरिएको छ ।
सदस्यहरुमा सबैला नगरका एक देखि १३ नम्बर वडासम्मका प्रतिनिधिहरु क्रमशः राजकुमार यादव, राजुप्रसाद यादव, राजेश ठाकुर, संजय साह, अजाबुल राइन, भगवानबाबु यादव, सुरेश यादव, सकिल राइन, आत्माराम कापर, अजय कुमार यादव, नन्दकिशोर यादव, डालेश्वर यादव र अनरुद महतोलगायत चयन भएका छन् ।
सो अधिबेशमा समाजवादी युवा फोरमका जिल्ला प्रतिनिधिहरु पुजन मौवार, प्रकाश मिश्र, दिपेन्द्र यादव र मुकेश रायको विशेष उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…