काँग्रेसमा एकता हुनु आवश्यक : नेता गिरी
हातोमालो गरेर पार्टीलाई उच्च स्थानमा राख्न मदत गर्नुपर्छ ।

२०७५ पुस १७ मंगलबार, राति ९:२२ बजे२ मिनेट पढाइ

धनुषा, १७ पुस । नेपाली काँग्रेसका धनुषा जिल्ला अध्यक्ष महेश शंकर गिरीले काँग्रेस पार्टी भित्रै एकता हुनु आवश्यक रहेको बताएका छन् ।
पार्टीको ४३ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा धनुषाधाममा गरिएको वर्तमान राजनितिक अवस्था र राष्ट्रिय मेलमिलापको आवश्यकता विषयक विचार गोष्ठीको क्रममा बोल्दै अध्यक्ष गिरीले आफ्नै पार्टीभित्र एकमत नभएको कारण पार्टीले मात खाएको बताउँदै अब एकताको आवश्यकता रहेको बताए ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नंं. १ स्थित ठाकुर प्रसाद प्रतिष्ठान सामुदायिक भवनमा गिरीको अध्यक्षता एवम् पार्टीको केन्द्रिय सद्स्य धनराज गुरुङको प्रमुख अतिथीमा सम्पन्न भएको उक्त विचार गोष्ठी कार्यक्रममा काङ्ग्रेस पार्टीमा एकता हुनु आवश्यक रहेको तथा मेलमिलाप गरेर अगाडी बढनु अहिलेको अवस्थामा अपरिहार्य रहेको बताए ।

उनले भने, - 'एक आपसमा मतभेद नगरेर आगामी दिनमा आउने समयलाई हामी मिलेर अगाडी बढौ । जबसम्म पार्टीमा आन्तरिक विवाद रहिरहन्छ कसैको पनि हित हुनेछैन । यसपालीको चुनावबाट हामीले सिक्नुपर्छ र हातोमालो गरेर पार्टीलाई उच्च स्थानमा राख्न मदत गर्नुपर्छ ।'
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता गुरुँगले जनप्रिय नेता बि पि ले शुरु गरेको मेलमिलापको नीति सदैब लोकतन्त्रका पक्षमा रहेको तथा परिस्थिति अनुसार मेलमिलापको सन्दर्भिकता हिजो आज र भोलि पनि रहने उल्लेख गरे । धनुषाका नेता तथा कार्यकता लाई एकताबद्ध भएर अगाडि बढन आग्रह समेत गरे ।
कार्यक्रममा बिशिस्ट अतिथि धनुषा क्षेत्र नं. ३ का विद्यायक एवम् प्रदेश साँसद राम सरोज यादव, नेता दिनेश प्रसैला, जिल्ला उप सभापती सन्तोष यादव , सचिब बिशेश्वर यादव , कोषाध्यक्ष राजलाल महतो , धनुषा धाम नगरपालिका मेयर बालेश्वर मण्डल, उप मेयर बिधा देबि भुजेल , सबैला नगरपालिका मेयर बिजय शंकर साह, औरही गाउपालिका मेयर ब्रहमदेब यादव, धनुषा क्षेत्र नं. १ सभापती जित नारायण यादव लागायत विभिन्न वडाका वडा अध्यक्ष लगायत जिल्ला भरीका नेता तथा कार्यकताको मोटो उपस्थिति रहेको थियो ।
यस्तै देश भरिमा नेपाली काङ्ग्रेस ४३ औं एकता तथा मेलमिलाप दिवस मनाएका छ्न । केन्द्रका नेताहरु जिल्ला फरक फरक गरि कार्यक्रममा सहभागी भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…