समाजवादी युवा फोरमको नगर संयोजकमा भण्डारी
जनकपुरधाम, १७ पुस । संघीय समाजवादी फोरम नेपालको भागीनी संगठनको रुपमा रहेको समाजवादी युवा फोरमको बिस्तार कार्यलाई तीव्रता दिइएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा सोमबार नगर स्तरिय समाजवादी युवा फोरमको विस्तार गर्दै नयाँ समिति समेत गठन गरिएको छ।महिला फोरम जिल्ला अध्यक्ष प्रमिला सिंहको अध्यक्षता तथा स.

२०७५ पुस १७ मंगलबार, राति ९:०७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १७ पुस । संघीय समाजवादी फोरम नेपालको भागीनी संगठनको रुपमा रहेको समाजवादी युवा फोरमको बिस्तार कार्यलाई तीव्रता दिइएको छ ।
धनुषाको धनुषाधाम नगरपालिकामा सोमबार नगर स्तरिय समाजवादी युवा फोरमको विस्तार गर्दै नयाँ समिति समेत गठन गरिएको छ।महिला फोरम जिल्ला अध्यक्ष प्रमिला सिंहको अध्यक्षता तथा स.स.फोरम नेपालका केन्द्रिय दिपक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशन तथा भेलाबाट ३१ सदस्यीय समिती गठन गरिएको हो ।
नयाँ चयन गरिएको समितिको अध्यक्षमा प्रदीप भण्डारी ,उपाध्यक्षमा अरुण मण्डल र जय नारायण यादव ,सचीवमा अरबिन्द साह ,सह सचिवमा सुरेश प्रसाद साह तथा कोषाध्यक्षमा सँजय यादव रहेका छन् । यस्तै नव गठित समितिको सदस्यहरुमा २६ जनालाई चयन गरिएको हो ।
कार्यक्रममा फोरम केन्द्रिय सदस्य महाजन यादव ,केन्द्रिय आर्थिक बिभाग सदस्य रामबहादुर,नगर अध्यक्ष ज्ञान् कुमार यादव ,फोरम वरिष्ठ नेता बिनोद यादव ,युवा नेता मुकेश ठाकुर ,वडा अध्यक्ष हेमनारायन यादव , सन्जय यादव ,मनोज ठाकुर जिल्ला सदस्य उमेश यादव ,बिश्वर मन्डल ,सदस्य सुरज सिँह ,निषा मोक्तान लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
संगठन विस्तारको क्रममा बन्दना कर्णको अध्यक्षतामा नगर स्तरिय महिला फोरम समेत गठन गरिएको छ। कार्यक्रम किसानपुरको कुटिमा गरिको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…